शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

३५ किलो सिक्का लिएर गएर एक किशोरले आमालाई फ्रिज किनिदिए, १२ वर्ष लगाएर जम्मा गरेका थिए सिक्का

आइतबार, २६ असोज २०७६, १२ : ५७
आइतबार, २६ असोज २०७६

एजेन्सी । भारतको जोधपुर निवासी १७ वर्षका रामसिंहले एक विहान पत्रिकामा दिइएको फ्रिजको विज्ञापन हेरेर उक्त शोरुममा फोन गरे ।

फोनमा उनको आफ्नी आमाको जन्मदिन रहेको आफूले उनलाई फ्रिज उपहार दिन चाहेको बताए । तर आफूसँग सिक्का मात्र भएकाले त्यसमार्फत नै भुक्तानी गर्न चाहेको उनले बताए ।

शोरुम संचालक हरिकिशन खत्रीले सिक्का स्वीकार गर्ने बताए । त्यसपछि रामसिंहले एउटा बोरामा करिब ३५ किलो सिक्का लिएर शोरुम पुगे । त्यसमा एक, दुई, पाँच वा दसको सिक्का सामेल थियो ।

शोरुम संचालकले रामसिंहले ल्याएको सिक्का उनलाई अघि राखेर गने । त्यहाँ फ्रिजको शुल्कभन्दा २ हजार भारु कम भयो ।

तर शोरुम संचालकले  किशोरको भावनालाई ख्याल गर्दै फ्रिजको मूल्यमा २ हजार भारु डिस्काउन्ट गराइदिए । 

१२ वर्षमा १३,५०० सिक्का जम्मा

रामसिंहले बाल्यकालदेखि खुत्रुकेमा पैसा जम्मा गर्ने गर्थे । खुत्रुके भरिएपछि फुटाएर त्यसमा रहेको नोट निकालेर आमालाई दिन्थे भने सिक्का सम्हालेर राख्थे ।

झण्डै १२ वर्षमा उनले जम्मा गरेको सिक्का १३,५०० भारु भयो । यही सिक्काबाट उनले फ्रिज किनेका थिए ।

आमासँग गरेको वाचा पुरा

उनले आमालाई पहिलेनै आफ्नो पैसाले फ्रिज ल्याउने वाचा गरेका थिए । रामसिंहबाट उपहार पाएपछि आमा र पिता खुसी भएका छन् ।

उनको आमाभक्ति देखेर रामसिंहलाई शोरुमले भारी डिस्काउन्टको अतिरिक्त एक गिफ्ट पनि दिएको छ । रामसिंह बिएससी प्रथम वर्षका विद्यार्थी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप