शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बलिउडका पहिलो सुपरस्टार जसको फिल्मले कमाएको थियो १ करोड भारु

आइतबार, २६ असोज २०७६, १३ : २०
आइतबार, २६ असोज २०७६

हिन्दी फिल्मका पहिलो हिरोको जन्म सन् १९११ अक्टोबर १३ मा भएको थियो । एक यस्ता नायक जो मुम्बईमा हिरो नभई प्राविधिक बन्न आएका थिए तर भाग्यले डोराएर नायक बने र हेर्दा हेर्दै सुपरस्टार बने । यी सुपरस्टारको स्टाइल, डायलग मानिसहरुको मुख मुखमा झुण्डिन्थ्यो । यहाँ हामी अशोक कुमार बारे कुरा गर्दैछौं ।

अशोक कुमारको जन्म अक्टोबर १३ सन् १९११ को भागलपुर बिहारमा भएको थियो । उनको नाम कुमुदलाल गांगुली थियो र फिल्म इन्डस्ट्रिमा उनलाई ‘दादामुनि’ भनिन्थ्यो ।

यसकारण कुमुदलाल नाम परिवर्तन गरेर ‘अशोक कुमार’ गरे–

सन् १९३६ को बम्बे टकिजअन्तर्गत बनिरहेको फिल्म ‘जीवन नैया’ को सुटिङ सुरु हुनु अघि त्यसका मुख्य नायक नायिका देविका रानी र नजमुल हसनबीच मतभेद भयो जसका कारण फिल्मका निर्माता हिमांशु रायले नजमुलको सट्टा कुमुदलाल (अशोक कुमार) लाई फिल्ममा बोलाए । यद्यपि, फिल्मका निर्देशक यो कुरासँग खुसी थिएनन् तर पनि हिमांशुले उनलाई फिल्ममा लिए र पहिलो पटक कुमुदलाल गांगुलीको स्क्रिन नाम ‘अशोक कुमार’ राखिदिए । यस्तो यसकारण किनभने त्यतिबेला नायकले आफ्नो वास्तविक नाम पर्दामा उजागर गर्दैनथे ।

सन् १९४३ मा रिलिज भएको फिल्म किस्मतले बक्स अफिसको सबै रेकर्ड तोडेको थियो र जताततै अशोक कुमारको नामको चर्चा सुरु भएको थियो । अशोक कुमार हरेकको पहिलो रुची थिए । किस्मत पहिलो यस्तो फिल्म थियो जसले १ करोड भारुको कमाई गरेको थियो ।

जब राज कपुरकी श्रीमतीले अशोक कुमारलाई हेर्न घुम्टो उठाइन्ः

जुन दिन राज कपुरको विवाह भएको थियो, त्यतिबेला अशोक कुमार सुपरस्टार थिए । यो कुरा सन् १९४६ को हो । भारतीय मिडियामा प्रकाशित रिपोर्ट अनुसार मञ्चमा राज कपुर र उनकी श्रीमती कृष्णा कपुर उपस्थित थिए । विवाहमा अशोक कुमार उपस्थित भएको खैलाबैला मच्चियो । त्यसपछि कृष्णाले अशोक कुमारको एक झलक पाउनका लागि आफ्नो घुम्टो उठाएर हेरिन् । राज कपुरलाई कृष्णा कपुरको यो उत्सुकताले निकै ठेस पुगेको थियो र उनले धेरै दिनसम्म रिसाएर कृष्णासँग कुरा पनि गरेका थिएनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप