मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

सिरियाली शिविरबाट आइएसका सयौँ आफन्त भागेपछि...

आइतबार, २६ असोज २०७६, २१ : ४०
आइतबार, २६ असोज २०७६

पेरिस-टर्कीले उत्तरपूर्वी सिरियामा हवाई आक्रमणलाई बढाएपछि उक्त क्षेत्रमा रहेका शिविरहरूमा लामो समयदेखि बस्दै आएका जिहादीका सयौँ आफन्तजन शिविरबाट भागेका समाचारहरू आइरहँदा यसप्रति फ्रान्सले चासो ब्यक्त गरेको छ ।

विगत केही दिन यता टर्कीले उक्त क्षेत्रमा हवाई आक्रमण गरेको छ भने यसका कारण कम्तीमा २८ सिरियाली कूर्दिस सर्वसाधारणको मृत्यु भएको छ 

सिरियाली द्वन्द्वका कारण शिविरमा बस्दै आएका उनीहरूले टर्कीले चलाएको पछिल्लो कारबाहीपछि जीवन जोगाउनका लागि नै भागेका बेलायतस्थित सिरियाली मानब अधिकारवादी संस्थाले जनाएको छ । 

यसैबीच फ्रान्सले शिविरबाट भागेका कूर्दका विदेशी आफन्तहरू जिहादी रहेका र उनीहरूलाई शिविरबाट भाग्न बाध्य पारिएपछि आउनसक्ने गतिविधिप्रति टर्की जिम्मेवार बन्नुपर्छ,” फ्रान्स सरकारका प्रवक्ता सिवेथ नादियले फ्रान्स थ्री टेलिभिजनसँग भने ।  शिविरमा देखिएको भागाभागको स्थितिलाई तत्काल नियन्त्रणमा ल्याउनुपर्ने उनको धारणा थियो ।

विगत चार दिनमा टर्कीले सिरियाली सिमानामा गरेको हवाई आक्रमणमा परी मृत्यु हुने सर्वसाधारणको सङ्ख्या २८ पुगेको र शनिबार कम्तीमा १० जनाको मृत्यु भएको सिरियाली मानव अधिकारवादी समूहले जनाएको थियो । -एएफपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप