मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

चिनियाँ राष्ट्रपतिलाई भेटेलगत्तै भारतीय प्रधानमन्त्री मोदी समुद्री किनारमा, जहाँ फुर्यो नयाँ कविता

आइतबार, २६ असोज २०७६, २३ : ०४
आइतबार, २६ असोज २०७६

एजेन्सी- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नयाँ कविता सार्वजनिक गरेका छन् । तमिलनाडुमा चिनियाँ राष्ट्रपति सी जिन पिंगसँगको भेटवार्ता लगत्तै लेखिएको नयाँ कविता प्रधानमन्त्री मोदीले सार्वजनिक गरेका हुन् । उक्त कवितालाई मोदीले आफ्नो  ट्विटरमा समेत पोस्ट गरेका छन् । 

प्रधानमन्त्री मोदीले आइतबार ट्वीटरमा लेख्दै भनेका छन् कि समुद्री किनारमा हिंड्दा भावनाको रूपमा कविता फुरेको छ । शनिबार मोदी तमिलनाडुको मम्ल्लापुरमा चीनका राष्ट्रपति सीसँगको अनौपचारिक भेटका लागि पुगेका थिए । चिनियाँ राष्टपतिसँगको भेटलगत्तै मोदीले समुद्र तटमा बिहानको पैदल यात्रा गरेका थिए र सरसफाई समेत गरेका थिए । सोही बेला उनले समुद्री किनारमा बसेर एउटा सुन्दर कविता लेखेको हुन् ।  

आठ अनुच्छेदमा लेखिएको कवितामा उनले समुद्र, सूर्य र छालहरूको सम्बन्धको बारेमा बर्णन गर्न खाजेका छन् । उनले समुद्रको पीडा पनि शब्दमा ओकल्न खोजेका छन् । यसअघि प्रधानमन्त्री मोदीको एउटा कविता संग्रह पनि प्रकाशित भइसकेको छ।

मल्लपुरम समुद्री किनारमा फोहोर उठाउँदा प्रधानमन्त्री मोदीको हातमा एउटा लट्ठी पनि देखिएको थियो ।  उक्त लट्ठी एक्युप्रेशर स्टिक हो, जुन स्टिक प्राय मोदी आफूसँगै लिएर जाने गर्छन् ।photo: dainik-bhaskar
यस्तो  मोदीको नयाँ कविताः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप