इन्धनको माग घट्न थाल्यो
दशैँ सकिएलगत्तै इन्धनको माग क्रमशः घट्न थालेको छ । दशैँको सप्तमी अष्टमीमा पेट्रोल डिजेलको माग ४५ प्रतिशतले वृद्धि भएको थियो भने दशैँको अन्तिम दिन पूर्णिमासम्म माग घटेर २५ प्रतिशतमा झरेको छ । तर, तिहारसम्म इन्धनको माग वृद्धि भइरहने नेपाल आयल निगमले जनाएको छ ।
नेपाल आयल निगम थानकोट डिपोका प्रादेशिक प्रमुख बिनितमणी उपाध्यायका अनुसार इन्धनको माग गत सालभन्दा पेट्रोल १५ र डिजेल १० प्रतिशतले वृद्धि भएको छ । यो हरेक वर्ष वृद्धि हँुदै आएको प्रतिशत हो । जाडो मौसम सुरु भएकाले पनि इन्धनको माग बढ्ने प्रमुख उपाध्यायको भनाइ छ ।
दशैँका अवसरमा यात्रुको चाप बढेपछि सवारी साधन बढी गुड्ने र बजारको चहलपहलले गर्दा माग बढेको निगमका प्रवक्ता वीरेन्द्र गोइतको भनाइ छ । सवारीको चापले गर्दा इन्धनको माग बढेको छ । दैनिक आठ लाख ५० हजार पेट्रोल र सोही परिणाममै डिजेल बिक्री भएको थियो । माग बढे पनि बजारमा इन्धनको अभाव हुन नदिइएको गोइतले जानकारी दिए ।
दशैँको बिदामा पनि पेट्रोलियम पदार्थको आपूर्ति रोकिएन । दशँैमा निगमले तीन दिन बिदा मनाए पनि बिक्री वितरणलाई भने निरन्तरता दियो । दशैँ तिहारमा माग बढ्न सक्ने भएकाले निगमले पूर्ण क्षमतामा ४८ हजार किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण गरेको थियो । अझ केही दिन इन्धनको माग नघट्ने प्रमुख उपाध्यायको दाबी छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बोक्सीको घर’लाई बोर्डको युनिभर्सल सर्टिफिकेट
-
पूर्व प्रधानमन्त्री खनाल र किरात धर्मगुरु आत्मानन्दबिच भेटवार्ता
-
ह्वाट्सएपसँग प्रतिस्पर्धा गर्न गुगलले ल्यायो नयाँ अपडेट
-
चर्चामा अडियोमा आधारित नयाँ सामाजिक सञ्जाल ‘एयरच्याट’
-
आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान
-
मोडल लक्ष्मण भण्डारीले गरे प्रेमिका गीतासँग विवाह