शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

घरभित्रै पसी मुख थुनेर १४ वर्षीया किशोरीमाथि बलात्कारको प्रयास

सोमबार, २७ असोज २०७६, ०९ : १८
सोमबार, २७ असोज २०७६

सिरहामा एक १४ वर्षीया किशोरीमाथि बलात्कारको प्रयास भएको छ । 

सिरहाको कल्याणपुर–८ अरङमा किशोरीमाथि शनिबार साँझ जबरजस्ती करणीको प्रयास भएको हो । 

साँझपख घरमा कोही नभएको मौका छोपी सोही गाउँका २३ वर्षीय मो. रहिम मन्सुरीले किशोरीमाथि  बलात्कारको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले  जनाएको छ । 

राईनले किशोरीको घरमै पसी मुख थुनेर जबरजस्ती करणीको प्रयास गरेपछि किशोरी चिच्चाएको र स्थानीयले किशोरीलाई उद्धार गरेका थिए । 

स्थानीयले किशोरीको उद्धारसहित युवकलाई समेत नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् । 

घटनापछि राति नै किशोरीको जिल्ला अस्पताल सिरहामा स्वास्थ्य परिक्षण गराइएको छ । रिपोर्ट आउँन बाँकी रहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सुकदेव खनालले जानकारी दिए । 

बलात्कारको प्रयास गरेका राईनलाई प्रहरी हिरासतमा राखिएको छ । पीडितले दिएको उजुरीको आधारमा युवकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको डिएसपी खनालले जनाए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप