राजपा नेपालसँग एकीकरण हुने कि नहुने विषयमा समाजवादी पार्टीले निर्णय गर्दै
काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपाल लगायतका दल तथा संगठनहरुसँग एकताको विषयमा छलफल गर्न समाजवादी पार्टीले आज केन्द्रीय समितिको बैठक बोलाएको छ ।
बालकुमारीस्थित पार्टी कार्यालयमा बोलाएको बैठकमा राजपा नेपाल लगायतका पार्टी तथा संगठनहरुसँग एकता तथा ध्रुवीकरणका बारेमा पनि छलफल हुने समाजवादी पार्टीका प्रचार विभागका उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए ।
राजपा नेपालसँग हालसम्म भएको छलफलका प्रगतिबारे पार्टीका दुईजना अध्यक्षले आजको बैठकमा जानकारी गराउने र त्यसमा अन्य नेताहरुको पनि राय दिनेछन् । त्यसपछि यो एकता प्रकृयालाई कसरी अगाडि बढाउने विषयमा छलफल हुने उनले बताए ।
दुई दलको बीचमा लामो समयदेखि एकताको प्रयासस्वरुप वार्ता भइरहेको छ । तर हालसम्म केही टुंगो लागेको छैन ।
साथै बैठकमा तत्कालीन नयाँ शक्ति नेपाल र समाजवादी पार्टीबीच भएको एकतापछि समायोजनका के कति काम भएको छ, त्यसको बारेमा पनि छलफल हुनेछ । समायोजनका बाँकी रहेका कामलाई पूर्णता दिनेबारे पनि छलफल हुने उनले बताए ।
पार्टी समायोजन र राष्ट्रिय जनता पार्टी नेपालसँगको एकताको विषय टुंगो लागेपछि पार्टी महाधिवेशनको अर्को नयाँ मिति तोक्ने उनले बताए । यसअघि असोज २९, ३० र ३१ गतेका लागि महाधिवेशनको मिति तय गरिएको थियो । हाललाई महाधिवेशन स्थगित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी
-
बाटो छेकेर महिलामाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ
-
विवाह गर्दै अभिनेत्री मञ्जिता
-
कोरला क्षेत्रमा नेपाल र चिनियाँ प्रहरीको संयुक्त गस्ती (तस्बिरहरु)
-
२०२४ अपाचेको आरटीआर १६० नेपालमा
-
मौन अवधिअघि ओलीले भने–सुहाङ, अब संसद् भवनमै भेटौँला !