शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतको मोहम्मदाबादमा ग्यास सिलिन्डर विस्फोट, ७ जनाको मृत्यु

सोमबार, २७ असोज २०७६, १५ : ४८
सोमबार, २७ असोज २०७६

माउ,उत्तर प्रदेश– भारतको उत्तर प्रदेशको मोहम्मदाबादमा सोमबार बिहान एक घरमा सिलिन्डर ग्यास विस्फोट हुँदा सात जनाको मृत्यु हुनुका साथै अरु १५ जना घाइते भएका छन् । स्थानीय प्रहरीका अनुसार सिलिन्डर विस्फोटबाट दुई तले घरमा ठूलो क्षति पुगेको थियो ।

भत्केको घरभित्र केही व्यक्ति पुरिएको आशंकामा प्रहरीले खोजतलास गरिरहेको छ । उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख प्रकट गर्दै तत्काल सबै सम्भाव्य उपाय अवलम्बन गरी उद्धार र उपचारको व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्। –एएनआई/photo: jagaran.com
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप