एभरेष्ट बैंकका शेयरधनीले पाउने भए नगदसहित बोनस शेयर लाभांश
सोमबार, २७ असोज २०७६, १६ : ०३
काठमाडौं– एभरेष्ट बैंक लिमिटेडले नगदसहित बोनस शेयर वितरणको घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७५÷७६ को मुनाफाबाट आफ्ना शेयरधनीलाई अधिकतम २५ प्रतिशतको बम्पर लाभांशको घोषणा गरेको हो ।
आइतबार साँझ बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर गरी कूल २५ प्रतिशत लाभांशको घोषणा गरेको हो । उक्त प्रस्तावित लाभांश नियापक निकाय नेपाल राष्ट्र बैंको स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् । हाल बैंकको चुक्तापुँजी ८ अर्ब ६ करोड ६८ लाख ६३ हजार ६ सय ६९ रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र
-
मध्य पूर्वमा महायुद्ध छेडिने सङ्केत
-
काठेखोला गाउँपालिका आधारभूत अस्पताल निर्माण गर्दै
-
विमानस्थलबाट २ अर्ब ९४ करोड रुपैयाँको सुन चोरी मामिलामा विमानस्थलका ६ कर्मचारी पक्राउ
-
आईपीएलमा आज : ईकाना स्टेडियममा पहिलो पटक एकअर्कालाई हराउने धुनमा लखनउ र चेन्नई
-
रासायनिक मल काठमाडौँ ढुवानी