शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जनजातिका छुटेका माग संविधानमा समावेश गर्दै लगिन्छ: उपराष्ट्रपति पुन

सोमबार, २७ असोज २०७६, १८ : २५
सोमबार, २७ असोज २०७६

काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुनले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अपुग अधिकारलाई पुरा गर्न रचनात्मक ढंगले लाग्नुपर्ने बताएका छन् । राजधानी काठमाडौंमा आयोजित मगरहरुको दोश्रो अन्तर्राष्ट्रिय सम्मेलनलाई सोमबार सम्बोधन गर्दै उपराष्ट्रपति पुनले संविधानले समावेशी समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गरेकाले प्राप्त अधिकारलाई संस्थागत र संरक्षण गर्नुपर्ने बताएका हुन् ।

उपराष्ट्रपति पुनले संविधान गतिशिल दस्तावेज भएकाले जनजातिको बाँकी अधिकारका लागि समय सन्र्दभअनुसार संविधानमा समावेश गर्दै लैजान सकिने भन्दै अपुग भएका कुराहरु पुरा हुँदै जानेमा विश्वस्त हुन आग्रह गरे । उर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री बर्षमान पुनले विश्वभर छरिएर रहेका नेपाली मगर समुदायलाई मगर जातिको पहिचान बचाईराख्न आग्रह गरे । भाषा र पहिचान भनेको गौरवको विषय भएको भन्दै उनले ‘म को हुँ ?’ भन्ने मनोविज्ञान बचाई राख्नु नै महत्वपूर्ण भएको बताए ।

उनले विश्वभर मगर समुदायका नेपालीले उल्लेखनीय काम गरेर चर्चामा आएको दृष्टान्त दिँदै मगर समुदायका ‘रोलमोडल’ लाई हेरेर अघि बढ्नुपर्ने बताए । विभिन्न देशबाट आएमा मगर समुदायका प्रतिनिधि र सहभागीहरुले आ–आफु कार्यरत रहेको देशमा आफुले गरेका कामहरुको बारेमा पनि छलफल गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप