मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

नदीले बगाउँदा १८ वर्षीय किशोरीको मृत्यु

सोमबार, २७ असोज २०७६, २२ : २२
सोमबार, २७ असोज २०७६

प्युठान- प्यूठानको झिमरुक नदीले बगाउँदा एक किशोरीको मृत्यु भएको छ । प्यूठान नगरपालिका– ७ टिकुरी बसपार्क नजिक झिमरुक नदीमा नुहाउने क्रममा आज दिउँसो प्यूठान नगरपालिका– ८ दम्ती निवासी बाबुराम केसीको १८ वर्षीय छोरी सरिता केसीको मृत्यु भएको हो ।

केसी नुहाउने क्रममा नदीले बगाएर १०० मिटर तल पु¥याएको अवस्थामा स्थानीयले उद्धार गरी प्यूठान अस्पताल पु¥याएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप