मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

रूसी राष्ट्रपति पुटिन साउदी अरबमा

सोमबार, २७ असोज २०७६, २३ : २३
सोमबार, २७ असोज २०७६

रियाद-रुसका राष्ट्रपति भ्लादिमिर पुटिन औपचारिक भ्रमणका लागि सोमबार साउदी अरब पुगेका छन्उन अहिले साउदी अरबको राजधानी रियादमा रहनु भएको साउदी प्रेस एजेन्सीद्वारा प्रेषित समाचारमा उल्लेख गरिएको छ । 

यो भ्रमणलाई उनको क्षेत्रीय भ्रमणको अंशको रूपमा लिइएको छ । उनले मङ्गलवार संयुक्त अरब इमिर(ट् (युएई)को पनि भ्रमण गर्ने जनाइएको छ ।  दुई अरबी मुलुकसँग राष्ट्रपति पुटिनले दुई पक्षीय साझा चासोका बारेमा छलफल गर्ने एजेण्डा रहेको  अधिकारीहरुले जनाएका छन् । 

साउदी अरबमा पुटिनलाई गभर्नर राजकुमार फैसल विन बन्दर विन अब्दुलाजिज अल साउदले स्वागत गरेका थिए । रुसका राष्ट्रपति पुटिनको भ्रमणलाई साउदी अरबका विदेशमन्त्री अडेल अल जुविरले “ऐतिहासिक” भ्रमणको संज्ञा दिएका छन् ।  भ्रमणका क्रममा दुई पक्षीय कुनै सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम भने नरहेको अधिकारीहरुले जानकारी दिएका छन् । -सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप