बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

स्पेनमा पूर्व उपराष्ट्रपति लगायत ११ नेतालाई जेल सजाय

मङ्गलबार, २८ असोज २०७६, ०० : १२
मङ्गलबार, २८ असोज २०७६

स्पेन- स्पेनको सर्वोच्च अदालतले त्यहाँका पूर्व उपराष्ट्रपति ओरिएल जान्क्वेरस सहित ११ पूर्व नेताहरुलाई १३ वर्षको जेल सजाय सुनाएको छ । उनीहरुलाई सोमबार अदालतले सो जेल सजाय सुनाएको हो ।
उनीहरुमथि सन् २०१७ मा भएको जनमत संग्रहमार्फत देश टुक्र्याउन भूमिका खेलेको आरोप लगाइएको छ । जनमत संग्रहमार्फत स्पेनको उत्तरपूर्वी क्याटलिन क्षेत्रलाई स्वतन्त्र मुलुकको रुपमाा घोषणा गरिएपनि त्यसले पूर्णता पाउन सकेको थिएन । 

यस मुद्धलाई सन् १९७५ मा तानाशाह फ्रान्सिस्को मृत्युपछिको सबैभन्दा ठूलो र चर्चित मुद्दा मानिएको छ । देशद्रोह र सरकारी पैसाको दुरुपयोगको आरोपमा अदालतले क्याटलिन क्षेत्रका पूर्व उपराष्टपति ओरिएल जान्कर्सेलाई १३ बर्षको जेल सजाय सुनाएको छ भने आठ अन्य नेतालाई नौदेखि १३ वर्ष कैदको सजाय सुनाएको छ। बाँकी तीन नेताहरूले कम सजाय पाएका छन् । सजाय पाउनेहरुमा क्षेत्रीय संसदका अध्यक्ष कारमे फोरकाडेल पनि रहेका छन्। उनलाई साढे ११ वर्षको जेल सजाय सुनाइएको छ ।

त्यस्तै पूर्व क्याबिनेट सदस्य जोकिम फोर्न र जोसेफ रुललाई साढे दश वर्षको जेल सजाय सुनाइएको छ। सन् २०१७ मा क्याटालोनियालाई स्पेनबाट अलग गर्न एक अवैध जनमत संग्रह गरिएको थियो। सो जनमत संग्रहमा यस क्षेत्रका जनताले छुट्टिने पक्षमा मतदान गरेका थिए । तर त्यसका लागि अन्तर्राष्ट्रिय समर्थन प्राप्त भएको थिएन। अन्तराष्टिय समर्थन प्राप्त नभएपछि स्पेनी सरकारले त्यसलाई खारेज गरेको थियो । photo: jagaran.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप