मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मेलम्ची आयोजनाले माग्यो कार्ययोजना

मङ्गलबार, २८ असोज २०७६, ०७ : ०३
मङ्गलबार, २८ असोज २०७६

मेलम्ची खानेपानी आयोजनाले चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोसँग कार्ययोजना माग गरेको छ। मेलम्चीको सुरुङ र मुहान क्षेत्रको बाँकी रहेको काम सम्पन्न गर्न आयोजनाले कार्ययोजना मागेको हो।

इटालियन निर्माण कम्पनी सीएमसी दि रिभेनाले अधुरो छोडेर बाँकी रहेको काम पूरा गर्न आयोजनाले नयाँ ठेक्का लगाएको थियो। यसमा चिनियाँ कम्पनी छनोट भई असोज १२ गते सम्झौतासमेत भइसकेको छ।

आयोजनाले ठेकेदारसँग एक हप्ताभित्र कार्ययोजना पेस गर्न पत्राचार गरेको आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तले जानकारी दिए ।

अहिले ठेकेदारहरूले कार्यक्षेत्र अवलोकन गरिरहेकाले फर्केर आएलगत्तै कार्ययोजना पाउनेमा विश्वस्त रहेको उनले बताए । बहुप्रतीक्षित आयोजनाका रूपमा हेरिएको यस आयोजनाले २७ किलोमिटर सुरुङमार्ग पार गर्दै काठमाडौं उपत्यकाबासीलाई मेलम्ची खोलाको पानी खुवाउने योजना छ। यो समाचार आजको नेपाल समाचारपत्रमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप