फ्रान्सलाई टर्कीको टक्कर
विश्वकप विजेता फ्रान्सलाई युरोकप छनोट खेलमा टर्कीले कडा टक्कर दिएको छ । सोमबार राति भएको समूह ‘एच’ को खेलमा फ्रान्स घरेलु मैदानमा टर्कीसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
फ्रान्सले सुरुवाती अग्रता लिएरपनि बराबरीमा चित्त बुझाएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा फ्रान्सले ७६औं मिनेटमा गोल गरेको थियो । फ्रान्सका लागि ओलिभर गिरोडले गोल गरे । उनले एन्टोइन ग्रीजम्यानको पासमा गोल गरेका थिए । तर, फ्रान्सको अग्रता लामो समय टिकेन । टर्कीका कान एहानले ८२औं मिनेटमा गोलगर्दै खेललाई बराबरीमा ल्याए ।
घरेलु टोली फ्रान्सको लगातार गोल प्रयासमा टर्कीको रक्षापंक्ति बाधक बनेको थियो । यस बराबरीसँगै आठ खेलबाट १९ अंक बनाएको टर्की समूहको शीर्ष स्थानमा छ । समान १९ अंक बनाएको फ्रान्स गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ ।
यही समूहको अर्काे खेलमा आइसल्यान्डले एन्डोरालाई २–० गोल र अल्बानियाले माल्डोभालाई ४–० गोलले हराएको छ । जितसँगै १५ अंक बनाएको आइसल्यान्ड तेस्रो र १२ अंक बनाएको अल्बानिया चौथो स्थानमा छ । समान तीन अंक बनाएका एन्डोरा र माल्डोभा क्रमशः पाँचौं र छैटौं स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२७ देशमा बसोबास गर्ने नेपालीभाषीको भेलाद्वारा बैङ्ककमा एएनओ गठन
-
नेपालबाट ७ महिनामा ९ अर्बको जस्तापाता निर्यात
-
शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का
-
सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिँदै
-
निसीखोला बस दुर्घटना : ज्यान गुमाउनेको संख्या नौ पुग्यो
-
विशेष र समपूरक अनुदानतर्फ २६ अर्ब १० करोड रुपैयाँको बजेट सिलिङ