मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

क्रिकेटमा सुपर ओभरको नियम परिवर्तन

मङ्गलबार, २८ असोज २०७६, ०९ : ४६
मङ्गलबार, २८ असोज २०७६

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले क्रिकेट खेलमा सुपर ओभरको नियम परिवर्तन गरेको छ । दुबईमा सोमबार अबेर सम्पन्न आईसीसी कार्यसमित बोर्ड बैठकले सुपर ओभरको नियममा परिवर्तन गर्ने निर्णय गरेको हो । 

बैठकले सेमिफाइनल र फाइनल खेलका लागि सुपर ओभरको नयाँ नियम बनाएको छ । नयाँ नियम अनुसार सुपर ओभरको खेल पनि बराबर भएमा फेरि अर्को सुपर ओभर खेलाइनेछ । सुपर ओभरमा दुई मध्ये जुन टोलीले बढी रन बनाउँछ उही टोली विजयी हुनेछ । 

बढी रन बनाएसम्म सुपर ओभर खेल लम्बिने प्रावधान नयाँ नियममा छ । यसअघि सुपर ओभरमा बराबरी भए सर्वाधिक बाउन्ड्रीका आधारमा विजेता टोलीको चयन गरिने नियम थियो । 

इङ्ल्यान्डमा यसैबर्ष सम्पन्न आईसीसी एकदिवसीय विश्वकपमा सर्वाधिक बाउन्ड्रीका आधारमै आयोजक इङ्ल्यान्डले न्युजिल्यान्डलाई हराएर विश्वकप उपाधि जितेको थियो । विश्वकप पछि आईसीसीको उक्त नियमको सन्सारभर आलोचना भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप