बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेस सांसद आलमलाई म्याद थप गरियो

मङ्गलबार, २८ असोज २०७६, ११ : ३८
मङ्गलबार, २८ असोज २०७६

काठमाडौँ । नेपाली काँग्रेसका सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई हिरासतमै राखेर अनुसन्धान गर्न जिल्ला अदालत रौतहटले ७ दिनको म्याद थप गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय गौरका प्रवक्ता डीएसपी नवीन कार्कीका अनुसार १३ जनालाई जलाएर मारेको आरोपमा पक्राउ परेपछि सांसद आलमलाई अनुसन्धानको लागि अदालतले म्याद थप गरिएको हो । 

प्रहरीले आलमलाई हिरासतमा राखेर अनुसन्धान गर्न भन्दै १५ दिन मागेकोमा अदालतले ७ दिनको म्याद थप गरेको डीएसपी कार्कीले रातोपाटीलाई जानकारी दिए । 

२०६४ साल चैत २७ गते राजपुरमा भएको बमकाण्डका आरोपी सांसद आलमलाई इद्रिसगेटमा समात्नुअघि पक्राउ पुर्जी दिँदा लिन नमान्दा स्थानीय पाँच जनाको साक्षी राखेर प्रहरीले नियन्त्रणमा लिएको हो । 

सांसद आलमलाई आइतवार बिहान करीब ११ बजे इद्रिसगेट नजिकैबाट प्रहरीले पक्राउ गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप