बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एनआरएन संस्थापक अध्यक्ष उपेन्द्र महतोद्वारा नवौं विश्व सम्मेलन बहिष्कार

मङ्गलबार, २८ असोज २०७६, १५ : ००
मङ्गलबार, २८ असोज २०७६

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष उपेन्द्र महतोले काठमाडौंमा आइतबारदेखि सुरु भएको विश्व सम्मेलन वहिस्कार गरेका छन् । 

संघमा अस्वभाविक राजनीतिक ध्रुवीकरण बढेका कारण उनी  नवौं विश्व सम्मेलनमा सहभागी नभएका हुन् । एनआरएन केन्द्रीय सदस्य रामशरण सिम्खडाले भने महतोले सम्मेलन बहिस्कार गरेको नभइ चुनावी प्रक्रियामासहभागी हुन अनिच्छुक देखिएकाले सहभागी नभएको दाबी गरे । उनले सुरुदेखि नै महतो एनआरएनजस्तो संस्थामा सहमतिमार्फत नै नेतृत्व चयन हुनुपर्नेमा जोड दिँदै आएको बताए । 

महतोले विभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरुलाई एकताबद्ध गर्दै उनीहरुले आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजीलाई मातृभूमि नेपालको सामाजिक तथा आर्थिक विकासमा सदुपयोग गर्ने उद्देश्यले स्थापना भएको संघलाई राजनीतिक पार्टीको भाृत संगठनजस्तो बनाउन नहुने धारणा राख्दै आएका छन् । 

 उनले संघका विभिन्न महत्वपूर्ण कार्यक्रमहरुमा भन्दै आएका छन्,‘एनआरएनए मातृभूमिको सेवाको लागि पवित्र उद्देश्य राखेर खोलिएको संस्था हो । यसमा कसैले पनि राजनीतिक गन्ध छिराउनुहुँदैन् । यो ८० लाख नेपालीहरुको साझा संस्था हो ।’

महतोले विदेशमा बस्ने नेपालीका लागि आशा र भरोसाको केन्द्रको रुपमा स्थापित भैसकेको संस्थाभित्र दलगत राजनीति छिराएर विभाजित गर्ने काम कसैले पनि गर्न नहुने अडान राख्दै आएका छन् । 

संघको स्थापना भएको १६ वर्षको अवधिमा बाहिर प्रवासमा बस्ने नेपाली समुदायलाई एउटै मालामा जोड्न सफल भएको गर्विलो ईतिहासमा दाग लगाउनेगरि नेतृत्वको लागि राजनीतिक धुव्रीकरण र खिचातानी गर्नु अस्वभाविक रहेको पनि महतोको ठहर छ । संघमा आवद्ध भएकाहरुले मातृभूमीप्रतिको दायित्व भुल्न नहुने उनको तर्क छ । 

महतोले आठौं विश्व सम्मेलनमा पनि अध्यक्षको लागि आफू चुनावको पक्षमा नरहेको सन्देश प्रवाह गरेका थिए । त्यतिवेला उनले चुनाव हुँदा विभाजन आउने र भावनामा चल्ने संस्थामा भोेट गन्ने काम गर्न नहुने तर्क गरेका थिए । 

‘म, मेरो, एनआरएनए र मेरो नेपाल’ भन्ने नारासहित सुरु भएको सम्मेलनमा विश्वभरबाट २५ सय प्रतिनिधि सहभागी भएको बताइएको छ । दुई दिनसम्म होटल हायात रिजेन्सीमा चल्ने सम्मेलनबाट नयाँ नेतृत्वसमेत चयन हुनेछ । विभन्न १४ पदका लागि ४२ जना चुनिनेछन् । मतदानको कार्यतालिका बुधबारका लागि तय गरिएको छ । आगामी नेतृत्वका उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् ।  पन्त नेकपा निकट र आचार्य काँग्रेस निकट मानिन्छन् भने सोही अनुसार चुनावी गतिविधिसमेत भइरहेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप