शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारतको आर्थिक सुस्तता निक्कै चिन्ताजनक अवस्थामा पुगेको पूर्व–गर्भनर रघुराम राजनको चेतावनी

मङ्गलबार, २८ असोज २०७६, १६ : ३९
मङ्गलबार, २८ असोज २०७६

एजेन्सी । भारतीय रिजर्व बैङ्कका पूर्व–गर्भनर रघुराम राजनले अर्थव्यवस्थामा यो समय देखिरहेको सुस्तता ‘निक्कै चिन्ताजनक’ बताउँदै सरकारले उर्जा एवम् गैरबैङ्किङ वित्तीय क्षेत्रको समस्या तत्काल सुल्झाउन सुझाव दिएका छन् ।

उनले निजी लगानी प्रोत्साहित गर्नको लागि सरकारले नयाँ कदम उठाउनुपर्ने सुझाव दिएका छन् । सन् २०१३–१६ को बीच भारतको रिजर्व बैङ्कका गर्भनर रहेका राजनले भारतमा कुल ग्राहस्थ उत्पादनको गणनाको तरिकामा नयाँ तरिकाबाट ख्याल गर्नुपर्ने सुझाव दिएका छन् ।

यो सन्दर्भमा उनले भारतका पूर्व प्रमुख आर्थिक सल्लाहकार अरविन्द सुब्रमन्यमको अनुसन्धानात्मक आलेखको उल्लेख गरेका छन् जसमा सरकारले देशको आर्थिक वृद्धि दरलाई बढाइचढाई देखाइएको तर्क गरिएको छ । 

राजनले एक निजी च्यानलसँगको कुराकानीका क्रममा भने, ‘निजी संस्थानका विश्लेषकहरुबाट आर्थिक वृद्धिलाई लिएर कयैन तरहको अनुमान लगाइँदैछ जुन सररकाको अनुमानभन्दा निक्कै न्युन छ । मेरो विश्वासमा आर्थिक सुस्तता निश्चित रुपमा निक्कै चिन्ताजनक छ ।’

आर्थिक वर्ष सन् २१८–१९ मा भारतको आर्थिक वृद्धि दर ६.८ प्रतिशतमा सिमित रहन पुग्यो जुन सन् २०१४–१५ पछिको सबैभन्दा कम हो ।

विभिन्न निजी अनुसन्धान संस्थानका विशेषज्ञ र केन्द्रीय बैंकले यो वर्ष कुल ग्राहस्थ उत्पादनमा सरकारले अनुमान गरेभन्दा कम वृदि हुने अनुमान गरेका छन् ।

राजनले भारतीय अर्थव्यवस्था एवम् वृद्धि दरलाई बढाउनको लागि नयाँ खालको सुधारको आवश्यकता भएको बताए ।

उनले भने, ‘अन्तर्राष्ट्रिय बजारबाट ऋण लिनु सुधार होइन बरु एक पटकको कारबाही हो । हामीले त वृद्धि दरलाई कसरी दुई वा तीन प्रतिशतभन्दा बढी बढाउने भन्ने विषयमा सोच विचार गर्नुपर्छ ।’

उनले उर्जा एवम् गैरबैङ्किग वित्तीय क्षेत्रलाई लिएर तत्काल कदम चाल्न आग्रह गरे । राजनले निजी क्षेत्रको लगानी प्रोत्साहित गर्नको लागि नयाँ सुधार लागू गर्न आवश्यक भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप