अदालत परिसरमा देखिएको महराको त्यो चेहेरा, हेरौं तस्बिरमा
काठमाडौं–निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश दिपक कुमार दाहालको इजलाशले यसअघिको १० दिन हिरासतमा रहेका महरालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
महरा गत असोज १९ गते संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कारको प्रयास गरेको अभियोगमा पक्राउ गरेका थिए । अदालत खुलेसँगै महरालाई प्रहरीले मंगलबार बिहान महरालाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो ।
शाहीले आफूमाथि बलात्कार प्रयास भएको भन्दै महानगरीय प्रहरी वृत्त वानेश्वरमा किटानी जाहेरी गरेपछि प्रहरीले महरालाई बालुवाटारस्थित सभामुख निवासबाटै असोज १९ गते पक्राउ गरेको थियो ।
त्यसयता प्रहरी हिरासतमा रहेका उनलाई अदालत खुलेसँगै मंगलबार उपस्थित गराइएको हो । म्याद थप गरी अदालत परिसरबाट बाहिर निस्कँदै गर्दा महराको चेहेरा हँसिलो देखिन्थ्यो ।
महराले असोज १२ गते रोशनीमाथि बलात्कार गरेको भन्दै हाम्रा कुरा डटकमले असोज १४ गते खुलासा गरेको थियो । सो खुलासापछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए । अहिले महराको सांसद पद समेत निलम्बनमा परेको छ । स्वास्थ्यमा खराबी देखिएपछि महरा हाल राजधानीस्थि नर्भिक अस्पतालमा उपचाररत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत
-
विदेश पठाउँछु भनेर ठगेको आरोपमा दुईजना पक्राउ
-
ग्रिन हाइड्रोजन उत्पादनका लागि केयूले ऊर्जा डेभलपर्ससँग साझेदारी गर्ने