शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अजोड इन्स्योरेन्सको निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल

मङ्गलबार, २८ असोज २०७६, १९ : ०४
मङ्गलबार, २८ असोज २०७६

काठमाडौं– अजोड इन्स्योरेन्स लिमिटेडले ३० लाख कित्ता शेयर प्रति शेयर एक सय अंकित दरले साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि एनआईबीएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

सो शेयर निष्काशन सम्बन्धी सम्झौता—पत्रमा अजोड इन्स्योरेन्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरे ।

अजोड इन्स्योरेन्स लिमिटेडको अधिकृत पूँजी १ अर्व, जारी पूँजी १ अर्व र चुक्ता पूँजी ७० करोड रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्व हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप