बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जब हेमा मालिनीलाई रिजेक्ट गरेर निर्देशकले जयललितालाई दिएका थिए रोल

बुधबार, २९ असोज २०७६, ०९ : २४
बुधबार, २९ असोज २०७६

बलिउड इन्डष्ट्रिमा जबजब सुन्दर नायिकाको कुरा निस्कन्छ तब हेमा मालिनीको नाम सबैभन्दा शीर्ष स्थानमा आउँछ । हेमाले ७० को दशकमा आफ्नो अभिनय कलामार्फत् ठूलो सफलता हासिल गरिन् । यसबाहेक उनी क्लासिकल नृत्यमा पनि पोख्त थिइन् । हेमा मालिनीको जन्म अक्टोबर १६ सन् १९४८ को तमिलनाडुमा भएको थियो । उनको जन्मदिनमा उनीबारे केही रोचक जानकारी थाहा पाऔं ।

हेमा मालिनीले साउथ फिल्मबाट आफ्नो करियरको सुरुवात गरेकी थिइन् । आफ्नो सुरुवाती फिल्मी यात्रामा हेमा मालिनीलाई तमिल सिनेमाका निर्देशक के अम्मानकुडीले अस्विकार गरिदिएका थिए । कुरा सन् १९६४ को हो । रोचक कुरा त के छ भने फिल्ममा उनको साटो जयललितालाई भूमिका दिइएको थियो । पछि जयललिता राजनीतिमा लागिन् र यसै क्षेत्रमा निकै अघि पनि बढिन् । यस्तै हेमा मालिनी बलिउड क्षेत्रमा सबैभन्दा उत्कृष्ट नायिकाको रुपमा समावेश भइन् ।

बलिउडकी यी अभिनेत्री भरत्नाट्यमकी एक उत्कृष्ट नृत्यांगना हुन् , उनको शिक्षा–दिक्षा आन्ध्र महिला सभा, चेन्नईमा भयो । हेमा मालिनीको वाल्यकाल तमिलनाडुका विभिन्न शहरमा बिते । हेमाका पिता भि एस आर चक्रवर्ती तमिल फिल्मका निर्माता थिए ।

बलिउडको कुरा गर्ने हो भने उनले सीता और गीता, शोले, प्रेम नगर, सत्ते पे सत्ता, ड्रीम गर्ल, खुशबू र किनाराजस्ता थुप्रै फिल्ममा शानदार अभिनय गरेकी थिइन् । आफ्नो अटोबायोग्राफीमा हेमा मालिनीले उनलाई ७० का दशकका दिग्गज अभिनेता संजीव कुमार र जितेन्द्रले प्रेम प्रस्ताव राखेको खुलासा गरेकी थिइन् । तर उनको मन धर्मेन्द्रले जिते । हेमाले धर्मेन्द्रसँग सन् १९७९ मा विवाह गरेकी थिइन् ।

हेमा मालिनी आफ्नो समयकी ती सिमित नायिकामा समावेश थिइन् जसले बेली बटम्स र शर्ट लगाएर सुटिङ गरेकी थिइन् । यो कुरा निकै कमलाई थाहा छ ।

साथै बलिउडमा शाहरुखको प्रवेशमा हेमा मालिनीको निकै ठूलो भूमिका रहेको कुरा पनि धेरै कमलाई थाहा छ । हेमाले शाहरुख खानको फौजी टिभी सिरियलमा काम गरेको देखेकी थिइन् र उनलाई शाहरुखको काम निकै मन परेको थियो ।

साथै हेमा मालिनी इन्डष्ट्रिकी एक्ली यस्ती नायिका हुन् जसले बलिउडको चर्चित परिवार कपुर परिवारका दुई पुस्तासँग काम गरेकी छिन् । हेमा मालिनीले राज कपुर, शम्मी कपुर, शशी कपुर, रणधीर कपुर र ऋषि कपुरसँग रोमान्स गरेकी छिन् ।

अहिले हेमा मालिनी राजनीतिमा सक्रिय छिन् । उनी बिजेपी पार्टीसँग जोडिएकी छिन् र लोकसभामा मेम्बर अफ पार्लियामेन्ट पनि हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप