शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

इटाली र फिनल्यान्ड विजयी

बुधबार, २९ असोज २०७६, ११ : ४५
बुधबार, २९ असोज २०७६

इटाली र फिनल्यान्ड युरोकप छनोट खेलमा विजयी भएका छन् । समूह ‘जे’ अन्तर्गत मंगलबार राति भएको खेलमा इटालीले लिचेस्टाइनलाई उसैको घरेलु मैदानमा ५–० गोलले हरायो । इटाली यसअघिनै युरोकपमा छनोट भईसकेको छ । अर्को खेलमा फिनयान्डले अर्मेनियालाई ३–० गोलले पराजित गर्यो । जितसँगै फिनल्यान्डले पनि युरोकप छनोटको सम्भावना बलियो बनाएको छ ।

इटालीको फराकिलो जितमा आन्द्रेय बेलोटीले दुई तथा फेडरिको बर्नारडेस्ची, एलेसियो रोमागनोली र स्टेफन अल सरावेले गोल गरे । पहिलो हाफमा एक गोल गरेको इटालीले दोस्रो हाफमा चार गोल थपेको थियो । फेडरिकोले खेलको दोस्रो मिनेटमा गोलगर्दै इटालीको उत्साह बढाएका थिए । त्यसपछि इटालीले ७०औं मिनेटमा दोस्रो गोल गरेको थियो । आन्द्रेयले दोस्रो गोल गरे ।

टोलीका लागि ब्यक्तिगत दुई गोल गरेका आन्द्रेयले दोस्रो हाफको इन्जुरी समयमा अर्को गोल थपेका थिए । यसअघि ७७औं मिनेटमा एलेसियो र ८२औं मिनेटमा स्टेफनले गोल गरेका थिए । समूहमा अपराजित यात्रा कायम राखेको इटालीले आठ खेलबाट २४ अंक बनाएको छ । इटाली शीर्ष स्थानमा छ । दुई अंक बनाएको लिचेस्टाइन अन्तिममा छ ।

यसैगरी अर्को खेलमा घरेलु मैदानमा फिनल्यान्डलाई जिताउन फेडरिक जेन्सेनले ३१औं मिनेटमा सुरुवाती गोल गरे । टिमु पुकीले ६१औं र ८८औं मिनेटमा दुई गोल गरेका थिए । जितसँगै दोस्रो स्थानमा रहेको फिनल्यान्डले आठ खेलबाट १५ अंक बनाएको छ । १० अंक बनाएको अर्मेनिया तेस्रो स्थानमा छ । 

समान १२ अंक बनाएको बोस्निया एन्ड हर्जगोभिना चौथो स्थानमा छ । अर्को खेलमा ग्रीसले बोस्निया एन्ड हर्जगोभिनालाई २–१ गेलले हराएको छ । जितसँगै आठ अंक बनाएको ग्रीस पाँचौं स्थानमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप