शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

साउदी अरबको भम्रणबाट पुटिन के हासिल गरे ?

बुधबार, २९ असोज २०७६, १२ : २०
बुधबार, २९ असोज २०७६

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन राजकीय भ्रमणको लागि अक्टोबर १४ मा साउदी अरब पुगे । भ्रमण सन् २००७ यताको पहिलो भ्रमण हो । अक्टोबर १५ मा पुटिन साउदी अरबबाट संयुक्त अरब इमिरेट्सको लागि निस्किसकेका छन् । 

यो भ्रमणको दौरान साउदी राजा सलमान र युवराज मोहम्मद बिन–सलमानसँग भेट्नेछन् र रुस–साउदी आर्थिक परिषद्को उद्घाटन सत्रमा सामेल भए । 

मिडियामा आएको खबर अनुसार, दुई देशबीच कयौं अरब डलरको सम्झौता हस्ताक्षर भएको छ । 

पुटिनले दस वर्षभन्दा लामो समयपछि साउदी अरब*को भ्रमण गरेका हुन् । तर यसबीच पनि दुई देशको अधिकारीहरुमा लगातार सम्पर्क रहिरहेको थियो । 

पुटिनको भ्रमण टर्कीमा पत्रकार जमाल खशोज्गीको बर्बर हत्याको एक वर्षपछि भएको छ । युवराजय मोहम्मद बिन–सलमानले हत्याको जिम्मेबारी लिएका छन् । जमाल खशोज्जीको हत्यापछि साउदी अरबको संसारभरी आलोचना भएको थियो । 

अर्बौं डलरको सम्झौता 
रसियन डाइरेक्ट इन्वेस्टमेन्ट फण्ड(आरडीआईएफ)का अनुसार भ्रमण अघि मस्को र रियादबीच दुई अर्ब डलरको १० वटा सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको थियो । 

आरडीआईएफले आफ्नो पहिलो विदेशी कार्यालयको लागि साउदी अरबलाई चुनेको थियो । 

आरडीआईएफका प्रमुख किरिल दिमित्रिदेवले अक्टोबर १० मा भनेका थिए ,‘ भ्रमणमा कृषि, रेल, खाद्यान्न र पेट्रोकेमिकल जस्ता कयैन क्षेत्रबारेमा छलफल हुनेछ ।’

रुसको सरकारी रेलवे कम्पनी आरजेडएचडीले साउदी अरबका कयैन नयाँ ट्रेन लाइन निर्माण गर्ने प्रक्रियामा  छ। 

अक्टोबरको सुरुमा आरडीआईएफ र साउदी अरबको सबैभन्दा ठूलो तेल कम्पनी आरामकोले रुसको अग्रणी तेल उपकरण निर्माता कम्पनी नोवोमेटमा संयुक्त रुपमा ३० प्रतिशतको हिस्सेदारी किनेको थियो । 
पुटिनको भ्रमणमा यस विषयमा सम्झौता भयो ।

ओपेक प्लस
भ्रमण अघि व्यवसायीक पत्रिका वेदोमोस्तीले एक अज्ञात स्रोतको उल्लेख गरेर पुटिनको भ्रमणको समयमा छलफलका एजेण्डामा ओपेक प्लसको सम्झौता पनि रहेको लेखेको थियो । 

साउदी अरब र रुस तेल उत्पादनका क्षेत्रमा संसारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । यही वर्षका जून महिनामा जापानको ओसाका भएको जी–२०सम्मेलनमा दुई देश तेलको मुल्यको नियन्त्रण गर्नको लागि ओपेक प्लसको विस्तारमा पनि सहमत भएका थिए । 

अक्टोबर २ मा तास न्यूज एजेन्सीले आधिकारिक रिपोर्टलाई औल्याउदैं यो सम्झौताबाट रुसको राजस्व १०० अर्ब डलरले माथि पुगेको लेखेको थियो । 

सम्भावित सैन्य खरिद ?

पछिल्लो सेप्टेम्बरमा साउदी अरबको अग्रणी तेल प्रतिष्ठानमा ड्रोन आक्रमण भएपछि पुटिनले आफ्नो देशको हवाई प्रतिरक्षा प्रणाली एस–४०० बेचेर रियादलाई सहयोग गर्न तयार रहेको बताएका थिए । 

सन् २०१७ जूनमा रुसले साउदी अरबलाई हतियार र सैन्य उपकरण पठाउन सुरु गरेको घोषणा गरेको थियो । घोषणामा कस्तो खालको हतियार पठाइएको हो भन्ने कुरा स्पष्ट गरिएको थिएनँ । 

यसअघि दुई देश कोरनेट–ईएम एन्टी ट्याङ्क मिसाइल सिस्टम टीओएस–१ए, एजीए–३० ग्रेनेड लञ्चर र एके–१०२ कलाश्निकोव राइफलको आपूर्ति गर्न सहमत भएका थिए । 

तथापि साउदी अरब परम्परागत रुपमा नेटो देशबाट हतियार किनिरहेको छ र उसको यो नीति तत्कालै परिवर्तन हुने देखिँदैन ।

मध्य–पूर्वमा तनाव
पुटिनको साउदी भ्रमणको बेला मध्य–पूर्वमा जारी तनाव र उग्रवाद विरोधी अभियान पनि शीर्ष एजेण्डा रह्यो । 

दुई देशबीच सिरियाली संकट मुख्य मुद्दा रहदैं आएको छ । साउदी अरब सिरियाको गृहयुद्धमा सरकार विरोधी विद्रोही सीरियन नेशनल कोलिशनको प्रमुख सहयोगी हो र उ रुसले सहयोग गरिरहेको सिरियाली राष्ट्रपति बसर अल–असदका शत्रु हो । 

रुस साउदी अरब र इरानबीच कायम तनावको स्थितिलाई पनि कम गर्न चाहन्छ । पुटिन दुई देशबीच सम्बन्ध सुधारबाट मध्यपूर्वका धेरै द्वन्द कम हुने विश्वास गर्छ । 

साउदी अरबको तेल प्रतिष्ठानमाथि ड्रोन आक्रमणमा पुटिनले इरानमाथि दोष लगाउन पक्षमा नरहेको बताएका थिए । 

यस भ्रमणमा यमनको विषयमा पनि छलफलको विषय सुचि थियो । विदेश–मन्त्री ल्यावरोवले हालै भनेका थिए ,‘यमनको कठिन अवस्थाको समाधान छलफलबाट मात्र हल गर्न सकिन्छ । संयुक्त राष्ट्र संघका अनुसार यमन अहिले मानवीय संकटको अवस्थामा छ ।’

द्विपक्षीय सम्बन्ध 
हालैका वर्षमा रुस र साउदी अरबबीच नियमित सम्पर्क भइरहेको छ । 

पुटिनले पछिल्लो केही समयभित्र राजा सलमानसँग दुई पटक भेटिरहेका छन् । सन् २०१५ मा टर्कीमा भएको जी–२० शिखर सम्मेलनमा र त्यसपछि सन् २०१७ मा राजाको मक्सो भ्रमणको दौरान दुई राष्ट्र प्रमुखबीच भेट भयो । 

न्युज एजेन्सी आरआईए नोवोस्तीका अनुसार दुई नेताबीच समय समयमा फोनमा कुराकानी हुने गरेको छ । राजा मोहम्मद बिन सलमानले सन् २०१५ मा मात्रै पनि रुसको चार पटक यात्रा गरे । 

रुसी प्रधानमन्त्री दिमित्री मेदभेदेव र विदेश मन्त्री सरगेई लावरोवले सन् २०१५ र सन् २०१७ मा साउदी अरबको भ्रमण गरेका थिए । यी भ्रमणले दुई देशको सम्बन्ध सुधार गर्दै लगको मानिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप