शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसङ टिभी उपहार

बुधबार, २९ असोज २०७६, १५ : १७
बुधबार, २९ असोज २०७६

काठमाडौं– कुवेत स्थित सुदुर पश्चिमेली नेपाल समाज कुवेत को दोश्रो वार्षिकउत्सव तथा अधिवेशन साथै वृहत साँगीतिक धमाका २०१९ सम्पन्न भएको छ । यही सेप्टेम्बर २० मा भएको कार्यक्रममा सिटी एक्सप्रेस मनि ट्रान्सफर प्रमुख आयोजकको रुपमा रहेको थियो ।

सो कार्यक्रममा ८ सय भन्दा धेरै नेपालीहरुको उत्साहजनक सहभागीता  रहेको थियो । जसमा नेपाल आइडल सिजन २ को बिजेता रवी ओड र गायक र कलाकार चक्र बमले प्रस्तुती दिएका थिए ।

कार्यक्रमलाई थप रोमान्चक बनाउन सिटी एक्सप्रेसले कार्यक्रममा उपस्थित दर्शकहरुमा लक्की ड्र सञ्चालन गरेको थियो । जसको बिजेता जय बहादुर थापाले उपहार स्वरुप सामसङ को ३२’’ को टि.भी. प्राप्त गरे । सोेहि कार्यक्रममा अन्य ५ जनालाई सिटी एक्सप्रेसको तर्फबाट आकर्षक उपहार पनि प्रदान गरिएको थियो ।

नेपालका लागि सामसङ उत्पादन हरुको अधिकृत वितरक हिम इलेक्ट्रोनिक्सले प्रवासीहरुलाई विदेशमै बसेर नेपालमा टि.भी किन्न मिल्ने सुविधा प्रदान गर्न सिटी एक्सप्रेस मनि ट्रान्सफरसँग साझेदारी गरेको छ ।

सम्झौता अनुसार कतार, साउदी, कुवेत र मलेशियामा रहेको सिटी एक्सप्रेस मनि ट्रान्सफरको काउन्टरमा गएर पैसा जम्मा गरेपछी नेपालमा रहेका परिवार र आफन्तजनहरुले सोहि देश बराबरको एमआरपीमा टिभी खरिद गर्न सक्नेछन ।

यो इनिशिएसन गत जुलाईबाट प्रारम्भ भएको हो । हिम इलेक्ट्रोनिक्सले प्रवासीहरुलाई विदेशी टिभी छोडेर स्वदेशमै टिभी किन्न  प्रोत्साहीत गर्न यस्तो इनिशिएसन गरेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप