शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनआरएनएको नयाँ नेतृत्वका लागि मतदान सुरु, मतदानस्थलमा मोबाइल फोन निषेध

बुधबार, २९ असोज २०७६, २० : ४२
बुधबार, २९ असोज २०७६

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को ९ औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनको मतदान सुरु भएको छ ।

साँझ ५ बजे सुरु हुने भनिएको मतदान प्रक्रिया ३ घण्टापछि ८ बजेबाट सुरु भएको हो । विद्युतीय (इलेक्ट्रोनिक) मेसिनबाट मतदान भइरहेको छ । 

मतदान स्थलमा मोबनाइल फोन निषेध गरिएको छ । यस्तै मतदान प्रक्रिया सुरु भएसँगै मतदान स्थलमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।

मतदाताले ३ घण्टासम्म भोट हाल्न नदिएको भन्दै २० हजार फिर्ता माग्दै नाराबाजी लगाएका थिए । 

 आक्रोशित भीडले मतदान स्थाल बहिरको केही टेबल कुर्सी फुटाएका थिए । एनआरएनएको अध्यक्ष पदका लागि कुमार पन्त र कुल आचार्यले मनोनयन दर्ता गराएका छन् । 

काठमाडौंमा जारी विश्व सम्मेलनअन्तर्गत हुन लागेको निर्वाचनमा उपाध्यक्षद्वय पन्त र आचार्यले अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । 

विभिन्न देशबाट २५ सय प्रतिनिधिको सहभागिता छ । एनआरएनएको ९ औं सम्मेलन मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । एनआरएनएको ४२ पदका लागि मतदान हुने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप