शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएन चुनाव स्थगित, मतदानस्थलमा नाराबाजी

बुधबार, २९ असोज २०७६, २२ : ११
बुधबार, २९ असोज २०७६

काठमाण्डौं – आज साँझ  अवेर गरि सुरु भएको गैरआवासीय नेपाली संघको मतदान स्थगित भएको छ । विद्युतीय (इलोक्टोनिक) मतदान सुरु भएको केही समयमै प्राविधिक समस्या आएपछि बिहीबार १० बजे सम्मका लागि मतदान स्थगित गरिएको निर्वाचन आयुक्त शिव रिजालले जनाए । 

साँझ ५ बजे सुरु हुने भनिएको मतदान प्रक्रिया ३ घण्टापछि ८ बजेबाट सुरु भएको थियो । तर भोटिङ मेसिनमा समस्या आएपछि मतदाता आक्रोशित भएका छन् । उनीहरुले चर्को विरोध गर्दै नाराबाजी समेत गरेका छन् ।

एनआरएनएको अध्यक्ष पदका लागि कुमार पन्त र कुल आचार्यले मनोनयन दर्ता गराएका छन् । 

एनआरएनएको ९ औं विश्व सम्मेलन मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । एनआरएनएको ४२ पदका लागि मतदान हुन लागेकाे हाे  । सम्मेलनमा विभिन्न देशबाट २५ सय प्रतिनिधिको सहभागिता छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप