मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

चीनमा मापसे गरेर सवारी चलाउने साढे दुई लाख जनालाई कारबाही

बुधबार, २९ असोज २०७६, २३ : ०४
बुधबार, २९ असोज २०७६

काठमाडौं-चीनमा मादक पदार्थ सेवन गरेर सवारी चलाउने झण्डै साढे दुई लाख जना एक वर्षमा कारबाहीमा परेका छन् ।  चिनियाँ प्रहरीले बुधबार दिएको जानकारी अनुसार कूल दुई लाख ४७ हजार जनालाई मापसे गरेर सवारी चलाएकोले कारबाही गरिएको हो । 

सार्वजनिक सुरक्षा मन्त्रालयले यो तथ्याङ्क एक वर्षको भएको पनि जनाएको छ । चीनमा भएका कूल सवारी दुर्घटनाहरूमध्ये २०।७ प्रतिशत दुर्घटना मादक पदार्थ सेवा गरेर सवारी साधन चलाएकाले हुने गरेको तथ्याङ्क छ ।  
चिनियाँ कानूनका अनुसार मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनु अपराध हो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप