शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दिशाहीनता

आइतबार, ०३ कात्तिक २०७६, ०९ : ४४
आइतबार, ०३ कात्तिक २०७६

एक यात्रीले याङ्सी घाँटीनिर रहेको छू राज्यमा जाने निधो गर्‍यो र घोडा चढेर उत्तरतिर लाग्यो ।

बाटोमा भेट्टिएको एकजना मान्छेले भन्यो, “ए भाइ, तपाईं गलत दिशातिर जाँदै हुनुहुन्छ । ‘छू’ राज्य त यताबाट दक्षिणतिर पर्छ । दक्षिण पुग्न दक्षिणै जानुपर्‍यो नि !”

“के भो र मेरो घोडा एकदमै छिटो दगुर्न–

सक्छ !”

“तपाईंको घोडा जतिसुकै छिटो दगुरोस्, उत्तरतिर दगुरेर दक्षिण त पुग्दैन होला नि !”

“के फरक पर्छ र ? मसँग प्रशस्त पैसा छ !”

“तपाईंसित पैसा जतिसुकै होस्, तपाईं गलत दिशातिर जाँदै हुनुहुन्छ । तपाईं ठीक ठाउँमा कहिल्यै पुग्न सक्नुहुन्न !”

“केही फरक पर्दैन । मसित एकदम राम्रो दुरबीन छ ।”

यात्रीले सही मान्छेको सही कुरा सुनेन ! आफ्नो गल्ती सकारेन । गलत दिशातिर अगाडि बढिरह्यो । बढिनैरह्यो । यसरी एकदमै गतिलो घोडा, प्रशस्त खर्च र टाढासम्म देखिने दुरबीन साथमा भएर पनि त्यो यात्री आफ्नो गन्तव्यबाट टाढिँदै गयो । झन् झन् टाढिँदै गयो । वर्षौं यात्रा गरेर पनि आफू पुग्न चाहेको ‘छू’ राज्यमा कहिल्यै पुग्न सकेन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप