मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

एकैदिन सन्दीपको दुई छलाङ

बिहीबार, ३० असोज २०७६, ०८ : ०३
बिहीबार, ३० असोज २०७६

नेपालका चर्चित लेग स्पिनर सन्दीप लामिछानेलाई एकैदिन दुईवटा खुशी मिलेको छ । बुधबार राति मात्र सन्दीप छुट्टाछुट्टै दुईवटा ठूला प्रतियोगितामा महंगो मुल्यमा अनुबन्धित भएका छन् ।

सन्दीप बुधबार राति इङ्ल्यान्ड र वेल्समा सन् २०२० को जुलाई १७ देखि अगस्ट १६ सम्म आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता तथा युएईमा नोभेम्बर १५ देखि २४ तारिखसम्म आयोजना हुने टी–१० लिगमा महँगो मुल्यमा अनुबन्धित भएका छन् ।

‘द हन्ड्रेड’ ड्राफ्टबाट सन्दीपलाई बर्मिङ्घम फिनिक्सले एक लाख पाउन्ड (एक करोड ४६ लाख) नेपाली रुपैयाँमा अनुबन्ध गरेको हो । विश्वका अधिकांश फ्रेन्चाइज लिग खेलिसकेका सन्दीपले ‘द हन्ड्रेड’ मा हालसम्मकै उच्च मूल्य पाएका हुन् । एक सय बलको हुने द हन्ड्रेड प्रतियोगितामा आठ टोलीको सहभागिता रहने छ । हरेक टोलीमा तीन जना विदेशी खेलाडी राख्न पाउने प्रावधान छ ।

यसैगरी सन्दीप टी–१० लिगमा पनि महँगो मुल्यमा अनुबन्ध भएका छन् । डाफ्ट्रमा रहेका सन्दीपलाई क्याटागोरी ‘ए’ मा फ्रेन्चाइज टोली कर्नाटक टस्कर्सले किनेको हो । लिगमा सन्दीपले क्यारागोरी ‘ए’ मा पर्ने खेलाडीको मुल्य ४५ हजार अमेरिकी डलर पाउने छन् । अघिल्लो सिजन सन्दीपले केराला नाइट्सबाट टि टेन खेलेका थिए । त्यतिवेला उनले ६ खेल खेल्दै ६ नै विकेट लिएका थिए ।

 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप