शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मोटरसाइकल दुर्घटनामा पत्रकार प्रभात झा घाइते

बिहीबार, ३० असोज २०७६, ११ : १०
बिहीबार, ३० असोज २०७६

रौतहट । मोटरसाइकल दुर्घटनामा परेर द हिमालयन दैनिक अङ्ग्रेजी पत्रिकाका रौतहट संवाददाता प्रभात कुमार झा गम्भीर घाइते भएका छन् ।

सदरमुकाम गौरबाट आफ्नो घर दुर्गाभगवती गाँउपालिका–२ मत्सरी जाने क्रममा बुधवार राती करीब आठ बजे मत्सरी गाँउछेउमै उनले चलाएको ना २० प ७७८५ नम्बरको मोटरसाइकल बाटोको खाल्डोमा परेर दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर पत्रकार झाको दाहिने हातको हड्डी भाँचिएको छ भने अन्य भागमा पनि चोट पटक लागेको अस्पतालले जनाएको छ ।

उनको चन्द्रपुर अस्पतालमा उपचार पछि आज थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप