शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गोबिन्दाको परिवार कपिलको शोमा आउँदा किन देखिएनन् अभिषेक ? भयो यस्तो खुलासा

बिहीबार, ३० असोज २०७६, १३ : २४
बिहीबार, ३० असोज २०७६

हास्यकलाकार कृष्णा अभिषेक आजकाल टिभी शो ‘द कपिल शर्मा शो’ मा ‘सपना’ को भूमिकामा देखिएका छन् । हालै कृष्णाको विषयमा एउटा अचम्मित गरिदिने खबर आएको छ । उक्त कार्यक्रममा हालै अभिनेता गोबिन्दा र उनकी श्रीमती सुनिता जब सेटमा पुगेका थिए तब यतिबेला कृष्णा भने अनुपस्थित रहे ।

यसबारे जब बम्बे टाइम्सले कृष्णालाई सोध्यो तब उनले भने, ‘गोबिन्दाकी श्रीमती सुनिताले उनीहरुका लागि राखिएको विशेष शोमा मलाई नचाहेको जानकारी टिमले दिइसकेको थियो । त्यसकारण म उनीहरुको इन्ट्रि अघि नै एउटा गिगमा देखिएँ । यो दुःखद र चकित गरिदिने किसिमको थियो किनभने मेरो भूमिका (सपना) कार्यक्रमको एउटा महत्वपूर्ण हिस्सा हो । यद्यपि, यो नर्मदा (गोबिन्दाकी छोरी) का लागि ठूलो दिन थियो त्यसकारण म कुनै हंगामा गर्न चाहँदैनथेँ । उहाँहरु उनको एल्बम प्रचार गर्न आएका थिए । दाइ भएको नाताले मैले यसलाई आफ्नो कर्तव्य ठानेँ । यो निकै दुःखद हो जबकी ची ची मामा (गोबिन्दा) ले हामी सार्वजनिक रुपमा आफ्नो मुद्दामाथि बहस वा कुरा गरौँ भन्ने चाहँदैनन् ।’

उनीहरु बीचको झगडाको कारण कथित रुपमा कश्मीरा शाह (कृष्णाकी श्रीमती) को एउटा ट्वीट थियो जसमा भनिएको थियो ‘यस्ता केही व्यक्ति जो पैसाका लागि नाच्छन्’ । यो कुरा गोबिन्दाकी श्रीमती सुनितालाई मन परेन । उनले कश्मीरको ट्वीट गोबिन्दाका लागि लक्षित गरिएको ठानिन् । पछि कृष्णाले उक्त ट्वीट उनकी बहिनी आरती सिंहका लागि गरिएको  स्पष्टिकरण दिए तर सुनिताको व्यवहारमा कुनै परिवर्तन देखिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप