शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नोबेल पुरस्कार विजेता अर्थशास्त्री अभिजीतले भने– भारतीय अर्थव्यवस्था डगमगाइरहेको छ

बिहीबार, ३० असोज २०७६, १३ : ४२
बिहीबार, ३० असोज २०७६

एजेन्सी । अर्थशास्त्र विधामा नोबेल पुरस्कार जित्ने भारतीय मुलका अमेरिकी अर्थशास्त्री अभिजीत बेनर्जीले भारतीय अर्थव्यवस्था डगमगाएको बताएका छन् । 

उनले उपलब्ध तथ्याङ्कको मूल्याङ्कनबाट अर्थव्यवस्था चाँडै सुध्रिने अवस्था नरहेको बताए । नोबेल पुरस्कार जितेपछि अभिजीतको भारतबारे यो पहिलो प्रतिक्रिया थियो । 

अभिजीतले उनी सम्बद्ध विश्वविद्यालय म्यासाचुसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजी(एमआईटी)मा यो वर्षको नोबेल पुरस्कार जित्ने अर्की विजयी एस्थर डुफ्लोसमेतको उपस्थितिमा भएको पत्रकार भेटघाटको क्रममा उक्त भनाइ राखेका थिए । बेनजी र डुफ्लो श्रीमान श्रीमती हुन् ।

भारतको अर्थव्यवस्थाबारे बोल्दै अभिजीतले भने ,‘ भारतीय अर्थव्यवस्था डगमगाइएको छ । आर्थिक वृद्धिको वर्तमान तथ्यांक हेरेपछि निकट भविष्यमा अर्थव्यवस्थाको सुधारमा त्यति आशावादी हुन सकिँदैन । 
उनले नोबल पुरस्कार प्राप्त भएकोमा खुसी व्यक्त गर्दै भने, ‘म धेरै खुसी छु । तर करियरमा यति चाँडै यो सम्मान प्राप्त होला भन्ने मैले सोचेको थिइनँ ।’

उनले भने ,‘पछिल्लो २० वर्षदेखि म अनुसन्धान गरिरहेको छु । हामीले गरिबी कम गर्ने प्रभावकारी उपायको खोजी गरिरहेको छौँ ।’

अभिजीतले भारतको शहरी र ग्रामीण क्षेत्रमा औसत उपभोग भइरहेको तथ्याङ्कमा उल्लेख राष्ट्रिय नमूना सर्वेक्षणको तथ्यांकलाई औल्याउँदै भने ‘तथ्यांकका सन् २०१४–१५ र सन् २०१७–१८ बीच तथ्यांक थोरै कम भएको छ ।’

उनले भने ,‘यस्तो कयैन वर्षमा पहिलो पटक भएको हो । यो निक्कै ठूलो खतराको संकत हो । भारतमा कुन चाहिँ तथ्याङ्क सही हो भन्ने बहस चलिरहेको छ । सरकारले भने आफूलाई असुविधाजनक लाग्ने सबै तथ्याङ्कलाई गलत भनिरहेको छ । ’

उनले भने ,‘तर मेरो विश्वासमा भारतको सरकारले पनि केही त समस्या छ भन्ने मान्न थाले जस्तो देखिन्छ । अर्थव्यवस्थामा निकै तीव्र साथ गतिमा सुस्तता छाइरहेको छ । कति तीव्र गतिमा छ त्यो हामीलाई थाहा छैन । तथ्याङ्कबारे पनि विवाद छ ।’

सन् २०१९ को लागि अर्थशास्त्र विधाको प्रतिष्ठित नोबेल पुरस्कार भारतीय मूलका अमेरिकी अर्थशास्त्री अभिजीत बनर्जी, फ्रेन्स मुलकी अमेरिकी अर्थशास्त्री एस्थर डुफ्लो र अमेरिकी अर्थशास्त्री माइकल क्रमेरलाई संयुक्त रुपमा दिने घोषणा गरिएको छ । 

अभिजीत बनर्जीले कलकत्ता विश्वविद्यालय, जवाहरलाल नेहरु विश्वविद्यालय पढेर हावर्ड विश्वविद्यालयमा विद्यावारिधी गर्न गएका थिए । त्यहाँबाट उनले सन् १९९८मा पीएचडी डिग्री प्राप्त गरे । 

हाल बनर्जी एमआइटीको फोर्ड फाउण्डेसनका अन्तराष्ट्रिय प्रोफेसर हुन् । सन् २००३ मा उनले अब्दुल लतीफ जमील पोभर्टी एक्सन ल्यावको स्थापना गरेका थिए । बनर्जीलाई अमेरिकन ‘एकेडेमी अफ आट्स एण्ड साइन्सेस’को फेलो पनि चुनिएको थियो । 

उनले संयुक्त राष्ट्र महासचिवको ‘सन् २०१५ पछिको विकास एजेण्डा’बारेको उच्चस्तरीय प्यानलमा पनि काम गरेका थिए । अभिजीत बेनर्जीले ‘ह्वाट द इकोनोमी निड्स नाउ(२०१९), ‘पूअर इकोनोमोमिक्स(२०११) र ‘मेकिङ एड वर्क(२००७)’ जस्ता कयैन किताव लेखेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप