बैंक अफ काठमाडौं एजीएमः १७ प्रतिशत लाभांश बितरण
काठमाडौं– बैंक अफ काठमाडौंको २५ औं वार्षिक साधारण सभा यही असोज ३० गते सम्पन्न भएको छ ।
सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभाले समितिको प्रतिवेदन पारित गरेको छ । बैंकको खुदमुनाफा गत वर्षको तुलनामा करिव ४३.६१ प्रतिशतले वृद्घि भई रु. १ अर्ब ८९ करोड पुगेको छ ।
साधारण सभाले २०७५/७६ सम्मको सञ्चित मुनाफाबाट २०७६ असार सम्ममा कायम गरेको सेयर पूँजीको ६ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश दिने प्रस्ताब पारित गरेको छ ।
सोही अवसरमा बैंकले आफ्ना लगानिकर्ता तथा ग्राहकहरुको लागि बि.ओ.के. लगानिकर्ता बचत खाता र्सावजानिक गरेको छ ।
आ.ब. २०७५/७६ मा बैंकको कुल निक्षेप ८३ अर्व ३२ करोड तथा कुल कर्जा ७६ अर्व ३६ करोड रहेको छ ।
साथै बैंकले हाल ८७ शाखा, ७८ ए.टी.एम तथा ९ वटा एक्सटेन्सन काउण्टर सन्जाल मार्फत आफ्ना ग्राहकहरुलाई सम्पूर्ण बैंकिङ्ग सेवा सुविधाहरु प्रदान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै