शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विद्यालयको पर्खाल भत्किँदा बालिकाको मृत्यु

बिहीबार, ३० असोज २०७६, १६ : १३
बिहीबार, ३० असोज २०७६

धनुषा– धनुषाको जनकनन्दी गाउँपालिकामा विद्यालयको पर्खाल भत्किदा एक छात्राको मृत्यु भएको छ । बिहीबार सो गाउँपालिकाको वडा नंं ४ खजुरीस्थित श्री केएसएचबि उच्च माध्यमिक विद्यालयको पर्खाल भत्किदा स्थानीय राजकुमार सादाकी ७ वर्षीय छोरी ससना सादाको मृत्यु भएको हो । पढ्दै गर्दा पर्खाल ढल्दा त्यसमा च्यापिएर बालिकाको तत्कालै मृत्यू भएको हो ।

च्यापिएर अचेत भएकी छात्रा संसनालाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । सो घटनामा विद्यार्थी मोहम्मद समीर साफी गम्भिर घाइते भएको समेत ईलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप