बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालको विकासमा चीन र भारतको दह्रो साथ छ: महासचिव पौडेल

बिहीबार, ३० असोज २०७६, १८ : २६
बिहीबार, ३० असोज २०७६

बुटवल– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले नेपालको विकासमा चीन र भारतको दह्रो साथ र समर्थन रहेको बताएका छन् । रुपन्देही उद्योग संघको ४१ औं साधारणसभा तथा २१ औं  अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पौडेलले सो कुरा बताएका हुन् । 

महासचिव पौडेलले नेपाल–भारत बीचको सम्बन्ध राम्रो भएको उल्लेख गर्दै चीनसँगको सम्बन्धलाई सरकारले गुणात्मक रुपमा अगाडि बढाएको दाबी गरे ।  महासचिव पौडेलले कालीगण्डकी तिनाउ डाइभर्सन परियोजना डिपिआर निर्माणको काम भैरहेको बताए । महासचिव पौडेलले प्रदेश प्रदेशबीच हुने विवाद तथा समस्या समाधान गर्नुपर्नेमा समेत जोड दिए । पौडेलले यो परियोजना सबैको हितमा हुने बताउँदै विवादमा मुछ्न नहुने बताए । 

महासचिव पौडेलले विकासको लागि बजेट विनियोजन गरेर मात्र नहुने उल्लेख गर्दै विकास निर्माणका काममा ध्यान दिनुपर्नेमा जोड दिए । उनले बुटवलका १९ वटै वडामा शुद्व खानेपानी पुर्याउनुपर्ने र त्यसका लागि आबश्यक पर्ने बजेट आफुले प्रबन्ध गर्ने प्रतिबदता समेत जनाए ।  बुटवल– पाल्पाको सिद्वाबाबा सडकमा सुरुङमार्गका लागि सरकारले बजेटको व्यवस्था गरेको उल्लेख गर्दै उनले भने, ‘यो आर्थिक बर्षमा सुरुङ मार्गको काम सुरु हुन्छ ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप