शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

केटीएमको नयाँ सर्भिस सेन्टर काठमाडौंको सानोगौचरनमा

बिहीबार, ३० असोज २०७६, १८ : ५१
बिहीबार, ३० असोज २०७६

काठमाडौं– केटीएमको एक मात्र वितरक हन्सराज हुलासचन्द एण्ड कम्पनीले काठमाडौंमा सर्भिस सेन्टर विस्तार गरेको छ ।

ऐतिहासिक युरोपियन मोटरसाइकल उत्पादक केटीएमले काठमाडौंको सानोगौचरनमा नयाँ सर्भिस सेन्टर यही असोज ३० गते खोलेको हो ।

सेन्टरको उद्घाटन हन्सराज हुलासचन्द एण्ड कम्पनीका कार्यकारी निर्देशक शेखर गोल्छाले गरेका थिए । यस सर्भिस सेन्टरमा एकै चोटि २० वटा बाइकहरु सर्भिसिङ्ग गर्ने क्षमता छ, जुन केटीएमको नेपालमा रहेको सर्भिस सेन्टरहरु मध्येकै अहिलेसम्मको सबैभन्दा ठूलो सर्भिस सेन्टर हो । 

नयाँ सर्भिस सेन्टरले केटीएमका ग्राहकहरुलाई प्रिमियम सर्भिसको अनुभूतिको साथै अत्याधुनिक उपकरण र दक्ष प्राविधिकहरुद्वारा उत्कृष्ट सेवा प्रदान गर्नेछ । 

सर्भिस सेन्टरको मुख्य लक्ष्य भनेको नेपालमा बढिरहेका रेसिङ्ग उत्साहीहरुलाई अतुलनीय अनुभूति प्रदान गर्नु हो । केटीएम विश्वभरमै अफ–रोड बाइकिङ्ग सेग्मेन्टमा सबैभन्दा अग्रणी स्थानमा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप