बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रुपन्देही गोली काण्ड : एक महिनापछि भारतीय नागरिक पक्राउ

बिहीबार, ३० असोज २०७६, २० : २६
बिहीबार, ३० असोज २०७६

बुटवल – गोली प्रहारबाट मारिएका महेन्द्र कुर्मीको हत्यामा संलग्न एक जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । गोली हान्ने भारतीय नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी हेम थापाले बताए ।

भारतको गोरखपु्रका ४०  वर्षीय मनिष हरिजनलाई  विहिबार पक्राउ गरेको छ । रुपन्देहीको ओमसतिया गाउँपालिका ४ का ३५ वर्षीय महेन्द्र कुर्मीको भदौ २९ मा रोहिणी गाउँपालिका ३ मा हत्या भएको थियो । गोली प्रहार गर्ने समूहले उनीसँग रहेको ५ लाख रुपैयाँ समेत लुटेर लगेको थियो ।

उनीहरुले भारत मोटरसाइलकामा आएर गोली हानेको प्रहरीको भनाइ छ । हरिजन नेपाल आएको सुचना पाएको आधारमा प्रहरीले पक्राउ गरेको हो ।  हत्या भएपछि सिआइवीको टोली  समेत रुपन्देही बसेर अनुसन्धान गरेको थियो । 

यसरी भएको थियो हत्या

भदै २९ गते आइतबार दिउँसो हिमालय बैङ्कबाट ५ लाख  रुपैयाँ निकालेर कुर्मी दम्पत्ति मोटरसाइकलमा सवार भएर घर फर्कदैँ थिए  ।

बाटोमा दुई जना अपरिचित व्यक्तिले श्रीमान्को कमिज समाएर तानेर बाइकबाट लडाएको सँगै मोटरसाइकलमा सवार रहेकी मृतककी श्रीमति विजयलक्ष्मी कुर्मीले बताएकी थिएन् ।
उनका अनुसार ती दुई जनाले कपडाले मुख छोपेका थिए । 

कुर्मीलाई लडाएपछि उनीहरुले गोली प्रहार गरेको र साथमा रहेको पाँच लाख रुपयाँ समेत लुटेर लगेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप