शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चीनले गरिबी निवारणमा गरेको प्रगतिको विभिन्न देशका प्रतिनिधिद्वारा प्रशंसा

बिहीबार, ३० असोज २०७६, २१ : ५५
बिहीबार, ३० असोज २०७६

वेइजिङ – विभिन्न देशका गरिबी निवारणसँग आवद्ध सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुले गरिबी निवारणको क्षेत्रमा चीनले गरेको प्रगतिको प्रशंसा गरेका छन् ।

चीनको राजधानी वेइजिगमा विहीबार अन्तराष्टिय गरिबी निवारण दिवसका अवसरमा आयोजित कार्यक्रममा विभिन्न देशका प्रतिनिधिहरुले उक्त क्षेमा चीनले गरेको प्रगतिको प्रशसा गरेका हुन् । 

कार्यक्रममा नेपालका तर्फबाट भाग लिँदै भूमिसुधार, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल तथा पूर्वमन्त्री पम्फा भुषालले अलग–अलग कार्यक्रमलाई सम्बोधन गरेकी थिइन् । मन्त्री अर्यालले नेपाल सरकारले गरिबी निवारणलाई पहिलो प्रथामिकता दिएको बताइन् । 

उनले संयुक्त राष्ट संघको लक्ष्यअनुसार २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्नेगरी काम भइरहेको पनि दावी गरिन् ।

 त्यस्तै पूर्वमन्त्री भुषालले चिनियाँ राष्ट्रपति सी जिनपिङको दुई दिने नेपाल भ्रमणले चीन नेपाल सम्बन्ध नयाँ उचाइमा पुगेको बताइन् । 

त्यस्तै उनले अस्थिर राजनीतिबाट नेपालले मुक्ति पाइसकेको भन्दै अव गरिबी निवारणका लागि नोपल सरकारले नागरिकलाई गास, वास र कपासका साथै शिक्षा र स्वास्थयको प्रतयाभूति हुनेगरी काम गरिरहेको बताइन् । 

यस्तै चीनका लागि नेपाली राजदूत लिलामणी पौडेलले नेपाल चीनबीचको सम्बन्धलाई थप सुदृढ बनाउन आपूुले भरमग्दुरर प्रयास गरिरहेको बताए । 

चीन भ्रमणमा रहेको नेपाली पत्रकारहरुको एक टोलीसँग बेइजिगस्थित दूतावासमा कुराकानी गर्दै उनले नियमित कुटनीतिक सम्बन्ध विस्तार लगायत आर्थिक सम्बन्ध विस्तारका लागि विभिन्न प्रयास गरिरहेको बताए । 

उनले नेपालको गरिबी निवारणका लागि चीनसँग हातेमालो गर्दैअघि बढ्न सके थप सहज हुने बताए । उनले चिनियाँहरुले योजना बद्ध ढंगले काम गरेकाले गरिबी निवारणमा छोटो समयमै फड्को मारेको बताए । 
चीनले आगामी वर्ष २००० भित्र आफ्नो देशलाई गरिवी निवारण मुक्त घोषणा गर्दैछ । राजदूत पौडेलल नेपालले पनि गरिबी निवारणका क्षेत्रमा गरेको कामलाई अझ तीव्र गतिमा लैजान सके गरिवी निवारण गर्न सकिने विस्वास व्यक्त गरे । 

नेपालले गुणस्तरीय उत्पादन गरेर चीनमा निर्यात गर्नुपर्नेमा जोड दिदै नेपालले त्यसतर्फ गृहकार्य गरेर अघि बढे नेपाल र नेपालीको आर्थिकस्तर बृद्धि हुने उनको दावी थियो ।

‘हामीले हाम्रो अपेक्षा र आवाश्यकता अनुसार चीनबाट लाभ लिनसक्नुपर्छ । गैरभन्सार तथा गुणस्तर प्रमाणिकरणका लागि महत्वपुर्ण काम भएको छ । विशेषगरी खाद्य वस्तु निर्यातका लागि दुवै पक्षबीच मस्यौदा तयार भइसकेको छ,’ राजदुत पौडेलले भने । 

उनले मासुजन्य पदार्थ मात्रै नेपालबाट चीन आयात गर्न सकेपनि नेपालले धेरै लाभ लिनसक्ने बताए । त्यस्तै कार्यक्रममा चीनको गरिवी निवारण कोषका अन्तर्राष्ट्रिय विकास समितिका सहायक निर्देक एवम् सो कोषको नेपाल कार्यलयका सम्पर्क निर्देक चौ च्छियागले चीन र नेपालको गरिवी निवारणसम्बन्धी जानकारी दिए । 

कार्यक्रममा नेपाल, म्यानमार, बंगलादेश, पाकिस्तान, इथियोपिया, इण्डोनेसियालगायत देशबाट आएका प्रतिनिधिहरुले गरिवी निवारणसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप