बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मध्यरात एनआरएनए मतगणनास्थलमा हंगामा

शुक्रबार, ०१ कात्तिक २०७६, ०६ : १२
शुक्रबार, ०१ कात्तिक २०७६

काठमाडौं– गैरआवासीय नेपाली संघ(एनआरएनए)को मतगणनास्थल बाहिर गएराति हंगामा भएको छ । 

अध्यक्षका प्रत्यासी कुल आचार्य र उनका प्रतिनिधिलाई मतगणना भएको स्थलमा छिर्न नदिएको उनका समर्थकले हंगामा मच्चाएका हुन् । उनीहरुले नाराबाजी गर्दै तोडफोडको प्रयास गरेपछि दुई पक्षीय झडप समेत भएको थियो । 

झपडपछि प्रहरीले हस्तक्षेप गर्नुपरेको थियो । तनावका कारण केहीबेर मतगणना नै प्रभावित बन्न पुगेको थियो । 

पटक पटकको विवादका कारण प्रभावित हुँदै आएको एनआरएनको मतगणनामा सुस्तता आएको छ । राती अबेरसम्म अन्तिम अतपरिणाम आइसक्ने अपेक्षा गरिएपनि विवादकै कारण शुक्रबार बिहानसम्म अन्तिम मतपरिणाम आइसकेको छैन । 

गैरआवासीय नेपालीको हर्कतका कारण नवौं विश्व सम्मेलन नै विवादित बन्न पुगेको छ । 

निर्वाचनमा नेकपा निकटबाट कुमार पन्त र काँग्रेस निकटबाट कुल आचार्यले प्यानल नै बनाएर चुनाव लडेका छन् । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप