केन्द्रीय संस्करण

कांग्रेस–फोरम समायोजन अस्थिर, अझै आएन गच्छदारका ११ जनाको नाम

person explore access_timeकात्तिक १, २०७६ chat_bubble_outline0

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले गत निर्वाचनमा कांग्रेसमा समाहित भएको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट केन्द्रीय सदस्य हुने ११ जनाको नाम अझै उपलब्ध गराएका छैनन् । 

आफ्नो पार्टीलाई कांग्रेसमा समाहित गराएपछि फोरमका तत्कालीन अध्यक्ष गच्छदार कांग्रेस उपसभापति एवं संसदीय दलको उपनेता बनिसकेका छन् ।  यही असोज १० गते बसेको कांग्रेस केन्द्रीय समिति बैठकले केन्द्रीय समितिमा ११ जनासहित अन्य सांगठनिक संरचनामा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट समायोजन हुने संख्या, पद र अन्य कार्य्विधि पारित गरेको थियो।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने– ‘गच्छदारबाट ती नाम आएपछि हामी सार्वजनिक गर्नेर्छौं।’कांग्रेस उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा गठित समायोजन समितिले तय गरेको संख्या, पद र विधिमा गत वर्ष महासमितिको बैठकमा सहभागी तत्कालीन फोरमका १ सय ४८ जना पर्यवेक्षकसहित २ सय जना महासमिति सदस्य हुने उल्लेख छ। यो समाचार आजको नेपाल समाचारपत्रमा रामकृष्ण चापागाईंले लेखेका छन् ।   

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...