भू–माफियाहरूले उन्मुक्ति पाउने सम्भावना, शक्तिको आडमा गुपचुप बन्दै जग्गा हिनामिनाका काण्ड
हिनामिना तथा अतिक्रमणमा परेका सरकारी, सार्वजनिक र गुठी जग्गाको विषय गुपचुप बन्दै गएका छन् । प्रभावशालीहरूको प्रभावमा जग्गा हिनामिनाका विषय गुपचुप बन्दै गएको उच्च स्तरीय भूमि आयोगका सदस्य तथा भूमि सुधारका जानकार बताउँछन् ।
उनीहरू जग्गा हिनामिनामा प्रभावशाली व्यक्तिहरूको संलग्नता रहने गरेको बताउँछन् । जसका कारण केन्द्रदेखि स्थानीय तहसम्मका जग्गा हिनामिनाको विषय पछिल्लो समय गुपचुप बन्दै गएको पाइएको हो ।
बालुवाटारको सरकारी जग्गा माफिया र मालपोत कर्मचारीको मिलेमतोमा व्यक्तिगत बनाइएको पुष्टिसँगै सरकारले आयोगमार्फत छानबिन थालको थियो । तर, अपेक्षित रूपमा जग्गा अपचलनका विषय भने छानबिनको घेरामा पर्न सकेको छैन ।
सरकारले देशभरका जग्गा हिनामिनाका उजुरी छानबिनका लागि ‘सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोग’ गरेर छानबिन थालेको थियो । तर, आयोगमा अपेक्षा गरेअनुसार उजुरी आउन सकेको छैन । आयोगका सदस्य हजारौंको संख्यामा उजुरी पर्ने अपेक्षा गरिए पनि उजुरी गुपचुप बन्दै गएको बताउँछन् । आयोगका अध्यक्ष मोहनरमण भट्टराई अपेक्षाअनुसारको उजुरी नपरेको बताउँछन् । यो समाचार आजको राजधानी दैनिकमा केशवप्रसाद पाण्डेले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषधको मुद्दा लागेर फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै