शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनआरएनए अध्यक्षमा कुमार पन्त विजयी (सम्पूर्ण नतिजासहित)

शुक्रबार, ०१ कात्तिक २०७६, २० : ००
शुक्रबार, ०१ कात्तिक २०७६

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यलाई हराउँदै पार्दै पन्त एनआरएनएको अध्यक्षमा विजयी भएका हुन् । पन्तले १२१७ मत ल्याउँदा आचार्यले १०७० मत ल्याए ।

यस्तै उपाध्यक्षमा डा‍. बद्री केसी, अर्जुन कुमार श्रेष्ठ, सोनाम लामा, मन केसी र रविना थापा विजयी भएका छन् । 

यसैगरी महासचिवमा हेमराज शर्मा र कोषाध्यक्षमा पन्त महेशकुमार श्रेष्ठ विजयी भएका छन् भने सचिवमा गौरी जोशी र आरके शर्मा विजयी भएका छन्  ।

यस्तै, सह–कोषाध्यक्षमा लोक दाहाल विजयी भएका छन् । 

यसैगरी युराेप संयाेजकमा नारायण प्रसाद आचार्य विजयी हुँदा उपसंयोजकमा कृष्ण प्रसाद तिमल्सिना, शुक्रराज न्याैपाने र मुक्त बहादुर गुरुङ विजयी भए । 

यसैगरी महिला संयोजकमा भोमादेवी लिम्बू, युवा संयोजकमा हिमाल गुरुङ,  मध्यपूर्व क्षेत्रको संयोजकमा प्रविन गुरुङ, उपसंयोजकमा मनोजकुमार श्रेष्ठ र राजेन्द्र अर्याल, महिला संयोजकमा सुमित्रादेवी पौडेर र युवा संयोजकमा राजु रेग्मी चयन भएको निर्वाचन आयुक्त शिवप्रसाद रिजालले जानकारी दिए । 

अफ्रिका क्षेत्रको संयोजकमा रोशन थापा र महिला संयोजकमा मनकला थापा निर्वाचित भएका छन्  ।

एसिया प्रशान्त क्षेत्रको संयोजकमा गोविन्द श्रेष्ठ, उपक्षेत्रीय संयोजकमा खगेन्द्र न्यौपाने र पारसमणि पोखरेल, महिला संयोजकमा अमृता थापा र युवा संयोजकमा दीपकप्रसाद कँडेल चयन भएका छन् । 

अमेरिका क्षेत्रको संयोजकमा राजन त्रिपाठी, उपसंयोजकमा रामसी पोखरेल विजयी भएका छन् । त्यस्तै महिला संयोजकमा उमा कार्की थापा र युवा संयोजकमा विमला सापकोटा चयन भएका छन् । 

ओसिएन क्षेत्रको संयोजकमा होमनाथ पाण्डे, उपसंयोजकमा नवीन कँडेल विजयी भएका छन्। त्यस्तै महिला संयोजकमा जानकी पौडेल र युवा संयोजकमा राजकुमार थपलिया विजयी भएका छन् । 

निर्वाचनमा नेकपा निकटबाट कुमार पन्त र काँग्रेस निकटबाट कुल आचार्यले प्यानल नै बनाएर चुनाव लडेका थिए । 

बिहीबार राति ११ बजेदेखि सुरु मतगणनाकाे नतिजा शुक्रबार मध्यान्ह आएको हो  । बुधबार विद्युतीय मेसिनबाट मतदान गर्ने प्रक्रिया नमिलेपछि बिहीबार मतपत्रबाट मतदान भएको थियो । 

आगामी दुई वर्षको नेतृत्व चयनका लागि भएको निर्वाचनमा दुई हजार ५७० मतदाता रहेकोमा २ हजार ३४० मत खसेको थियो । 

कसले कति मत ल्याए, नतिजा हेर्नुहाेस्


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप