केन्द्रीय संस्करण
विचार

विभेदकारी भाषाका सौखीन बिचरा प्रधानमन्त्री

person explore access_timeकात्तिक १, २०७६ chat_bubble_outline1
मुक्तिबन्धु

रातोपाटी

हामी एकादेशमा छौं, कथा पनि एकादेशबाटै सुरु गरौं ।

एकादेशमा एकजना प्रधानमन्त्री थिए । उनी आशुकवि पनि थिए । अंग्रेजी पररर बोल्थे । यति भएपछि उनलाई लाग्थ्यो म त सुपर । भाषा संस्कृति राजनीति अर्थनीति आदि इत्यादि सबैको ज्ञाता । भयङ्कर ठुलो मान्छे । अरु सबै सबै साना । जनता त फिस्टा । कमिला । ती अति नै साना । सानाले ठूलालाई सदासर्वदा विशेषसम्मानका शब्दले सम्बोधन गर्नुपर्छ । विविध वीरुदावली गाउनु पर्छ ।  चारणको भूमिका निर्वहन गर्नु पर्छ । जनता शासित हुन् । रैती हुन् । ताबेदार हुन् । तिनले हामी सत्तासीन ठुलाठालुहरुलाई तँ तिमी भन्ने होइन । तपाईं पनि होइन ।  हजूर, दयानिधान, करुणासागर, महामहिम, माननीय, सम्माननीय, मौसुफ, जस्ता महिमामण्डित शब्द, शब्दावली राखेर सम्बोधन गर्नुपर्छ ।

कथा न हो । सुन्दा सपनाजस्तो लाग्छ । कहालीलाग्दो सपना !

जनजीवनको सम्झनामा घटना परिघटनाहरु आज पनि ताजै छन्— सांस्कृतिक दृष्टिले सत्ता र जनताबीच भयङ्कर विभेदका ती दिनहरुमा मुलुकको शासन सत्तामा एकादेशका श्री३हरु थिए । श्री ५ हरु थिए । जनसाधारणसित एउटै पनि श्री रहन पाएको थिएन । ती तमाम सत्तासीन श्रीधारीहरुलाई दानापानी जुटाउँने अभिभारा भने श्री लुटिएका जनताकै थाप्लोमा थियो । जनता भित्रभित्रै भुटभुटिटएका थिए । उकुसमुकुस थिए ।

*****

बिचरा राणाप्रधानमन्त्रीहरु विभेदकारी भाषासंस्कृतिका सौखीन थिए । उनीहरुलाई ‘महाराजकी दुहाइ !’ ‘गरीप्रबर’ ‘सरकार, दयासागर, करुणानिधान, मौसुफ’ जस्ता सम्बोधन मन पर्थ्यो । जनताको रैती–मानसिकता मन पर्थ्यो । दासभाव मन पर्थ्यो । आफूलाई जनताभन्दा धेरै माथि, पृथक् र महान् ठान्थे । राणाप्रधानमन्त्रीहरु जननिर्वाचित र जनअनुमोदित थिएनन् । शासकभन्दा जनता अतुलनीय रुपमा ठुला हुन् भन्ने जानकारी तिनीहरुमा थिँदैथिएन । यो जानकारी पाउन तिनीहरुले वि.सं. २००७ साल पर्खनु परेको थियो ।

*****

त्यतिबेला पनि त्यस देशमा रामराज्यका धोवीहरु थिए । रामायणको रामराज्यमा थाहा प्रतिबन्धित थिएन । आलोचना प्रतिबन्धित थिएन । आत्मआलोचना पनि स्वीकृत थियो । यहाँ एकादेशको राज्यमा ठुलाबडाको आलोचना कडारुपमा प्रतिबन्धित थियो । थाहा प्रतिबन्धित थियो । सत्य प्रतिबन्धित थियो । ‘हाम्रा राजाको सिङ् छ !’ भन्न द्रष्टाले ज्यान माया मार्नु पर्थ्यो । तर पनि मानिसहरु बाँसका ढुङ्ग्राढुङ्ग्रासम्म पुगेर सत्यको सन्देश छर्न आँट गर्थे । कति कारा दण्डित हुन्थे । काटिन्थे । मारिन्थे । तर पनि जनताले हिम्मत हारेका थिएनन् ।

समय प्रवाहमा साहित्यकार आए । सन्चारकर्मीहरु आए । जनतामा  थप जागरण आयो । पुनर्जागरण पनि आयो । साहित्यमा व्यास वाल्मीकिहरु पढिए । कालिदास र भारविहरु पढिए । भानुभक्त र सुब्बा होमनाथ केदारनाथहरु पढिए । जनताले शार्दूलविक्रीडित छन्दमा लय हालेर गाउँन थाल्यो,  

 “शेखी गर्दछ  जो पुरुष् मफतमा ‘ठूलो छु’ भन्न्या भई ।

 त्यो जन् भूपति नै हवस् त पनि सङ् गर्दै नगर्नू गई ।” 

आदि कावि भानुभक्तले श्री ३सँग गुनासो पोख्दा,कवितामै पोखेका थिए । जस्तै

 बिन्ती डिटठा विचारीसित कति म गरुँ चुप् रहन्छन् नबोली ।

बोल्छन् ता ख्याल् गर्‍या झैं अनि पछि दिनदिन् भन्दछन् भेलिभोली ।

कि ता सक्दिन भन्नू कि तव छिनिदिनु क्यान भन्छन् यी भोली ? 

भोलि भोलि हुँदैमा सव दिन बिति गो ‘बक्सियोस्’ आज झोली ।

यस कविताका  राणाकालीन फुलीवाल डिट्ठा बिचारीहरु पनि सामान्य ढाक्रे बाहुन भानुभक्त भन्दा आपूmलाई ठुला बडा नै ठान्दा हुन् र पनि तिनीहरुले सरकारसित गुनासो नगरी भाषाको ‘तिमी’भावमा चित्त बुझाएका थिए । राणा प्रधानमन्त्रीले भने कवितामै पनि ‘बक्सियोस’् क्रियापदको सम्मान पाएका थिए । शायद यसैमा ‘मखमेल’ पनि थिए होलान् ।

बिचरा राणाप्रधानमन्त्रीहरु विभेदकारी भाषासंस्कृतिका सौखीन थिए । उनीहरुलाई ‘महाराजकी दुहाइ !’ ‘गरीप्रबर’ ‘सरकार, दयासागर, करुणानिधान, मौसुफ’ जस्ता सम्बोधन मन पर्थ्यो । जनताको रैती–मानसिकता मन पर्थ्यो । दासभाव मन पर्थ्यो । आफूलाई जनताभन्दा धेरै माथि, पृथक् र महान् ठान्थे । राणाप्रधानमन्त्रीहरु जननिर्वाचित र जनअनुमोदित थिएनन् । शासकभन्दा जनता अतुलनीय रुपमा ठुला हुन् भन्ने जानकारी तिनीहरुमा थिँदैथिएन । यो जानकारी पाउन तिनीहरुले वि०सं०२००७ साल पर्खनु परेको थियो ।

२००७ सालमा एकादेशको एककिसिमको राज्य व्यवस्था अर्को किसिममा रुपान्तरित भयो । गयो ।

*****

‘अतिथिदेवो भव’ भनिने मुलुकमा पाहुना राष्ट्रपतिलाई ‘महामहिम राष्ट्रपति’ भन्न नजानेर पटक पटक ‘महामहिम राजदूत’ भन्ने र समयमै भूलसुधार गर्न पनि नजान्ने सत्तासीन बिचराहरु लोकतान्त्रिक राजनीतिक संस्कृतिको भाषिक मर्म के जानुन् !? चित्त बुझाउने बहाना पनि हामी जनतासित नभएको छैन । हामी बहानाका धनी छौं ।

*****

गोरखापत्र राणाकालमै जन्मेको थियो । सन्चारमा गोरखापत्रको युगचाहिँ पन्चायतकालमा आयो । पत्रिका त अरु पनि थिए । ती मिसनप्रवाही थिए । सरकारी मुखपत्र थिएनन् । गोरखापत्र सरकारको मुखपत्र थियो । हालीमुहाली त्यसैको थियो । पन्चायत कालमा लेखनाथ र सिद्धिचरणका कवितामा त राजा रानीहरु ‘तिमी’ नै थिए । गीतहरुमा पनि ‘तिमी’ नै थिए । सन्चारको भाषामा ‘तिमी’ थिएनन् । तपाईं पनि थिएनन् । ‘मौसुफ सरकार’ थिए । ‘श्री ५ महाराजाधिराज सरकार’ थिए । छापामा मुद्राराक्षसको असावधानीले महाराज महारानीका सम्बोधन अक्षर लहरमा एउटा अक्षर वा अङ्ंक यताउति पर्न गयो भने सम्पादकलाई अन्चलाधीशका अगाडि ठिंग्याइन्थ्यो । प्रहरी हिरासत तथा कारावासको हावा पनि खुवाइन्थ्यो ।

त्यसताका मुलुकमा लोकतन्त्र थिएन । गणतन्त्र त बयलगाडा चढेर अमेरिका जाने तरङ्ंगमा पनि पुगेको थिएन । पन्चायतका नाममा सक्रिय राजतन्त्र थियो त्यसताका ।

अन्धकार रातजस्ता ती दिनहरुमा पनि देशमा समाजवाद र साम्यवादको सपना देख्ने कमरेड खड्ग ओलीजस्ता अनेकन संघर्षशील युवायुवतिहरु थिए ।

आजका सन्दर्भमा यो एकादेशको कथा हो ।

अहिले नेपालमा ‘गणतन्त्र’ आएको छ । ‘लोकतन्त्र’ आएको छ । जननिर्वाचितहरु सत्तामा छन् । आफूलाई ईश्वर वा ईश्वरको प्रतिनिधि ठान्ने राजनीतिक संस्कृतिका अधिष्ठाताहरु सत्तामा छैनन् । जनताको राय सल्लाह प्रतिकूल बने पनि सम्बिधानसभाबाट पारित सम्विधान आएको छ । सम्विधानमा ‘समाजवादोन्मुख लोकतन्त्र’ भनिएको छ ‘सामन्तवादोन्मुख सरकारी लोकतन्त्र’ भनिएको छैन । कथित नै भए पनि आजको यस ‘प्रतिनिधिमूलक लोकतन्त्र’मा सांस्कृतिक रुपले किटानसाथ भन्नुपर्दा “को ठूलो ?” प्रश्नको सामना गर्न जनतालाई गाह्रो छैन । विभेदकारी राजनीतिक संस्कृतिका विरुद्ध समानताका संस्कृतिका लागि जनताले वलिदानी संघर्ष गरेर ल्याएको राजनीतिक व्यवस्थामा को ठूलो ? ‘जनता’ ठुलो कि ‘जनताको वारेस’ ठुलो ? सत्ताका नाकनिर उभिएको सगरमाथाजत्रो प्रश्नचिन्हलाई सत्तासीनहरुले भने अझै देखेका छैनन् ? जनता ‘माननीय सम्माननीय’ कि जनताका वारेसहरु ‘माननीय सम्माननीय ?’

‘अतिथिदेवो भव’ भनिने मुलुकमा पाहुना राष्ट्रपतिलाई ‘महामहिम राष्ट्रपति’ भन्न नजानेर पटक पटक ‘महामहिम राजदूत’ भन्ने र समयमै भूलसुधार गर्न पनि नजान्ने सत्तासीन बिचराहरु लोकतान्त्रिक राजनीतिक संस्कृतिको भाषिक मर्म के जानुन् !? चित्त बुझाउने बहाना पनि हामी जनतासित नभएको छैन । हामी बहानाका धनी छौं ।

सन्दर्भ अहिले नेपालका वर्तमान महामहिम प्रधानमन्त्रीको छ । पत्रकारहरुसँग रिसाउँदै वर्तमान प्रधानमन्त्रीले “आफूभन्दा ठूलालाई पनि तिमी भन्ने ? सानालाई तिमी र ठुलालाई तपाईं भन्ने नेपाली समाजको प्रचलन होइन ? मिडियाले समाचारमा सवैलाई समान आदरार्थी तिमी प्रयोग गर्ने ?” भनेर जङ्गिएको समाचार प्रसारमा आएपछि सन्चार क्षेत्रमा तरङ्ग आउनु स्वाभाविक भएको छ ।

प्रथमतः ‘हामी आज कुन युगमा छौं ? हामी आज पनि शमशेरबहादुरहरुकै युगमा छौं ? पन्चबहादुरहरुकै युगमा छौं ? विभेदकारी राज्यव्यवस्थाका विरुद्ध समान सम्मान र स्वाभिमानका लागि जनताले वलिदानी सङ्ंघर्ष गरेर ल्याएको नयाँ युगमा  हामी अझै आइपुगेका छेनौं ? जनतालाई यस प्रश्नको उत्तर ‘सम्माननीय’ प्रधानमन्त्रीले दिने कि ‘माननीय’ सन्चारमन्त्रीले दिने ? जनतालाई थाहा त चाहियो नि । हामीले मतदानको वरदान दिएर भष्मासुरहरुको उत्पादन त गरेनौं ? जनतालाई अब यो पनि थाहा चाहियो ।

हामी जनतासँग आज थुप्रै प्रश्नहरु पलाएका छन् । धर्ती ठुलो कि धमिरा ठुलो ? जागीरदाता ठुलो कि जागिरे ठुलो ?

भनिन्छ नेपालमा गणतन्त्र आयो । सामन्तवादको गजूर ढल्यो । तर हजूरहरु ढलेनन् । कथित गजूरलाई  हजूर भन्नुपर्ने संस्कार संस्कृति ढलेन । सिंहदरबार र शीतल निवासमा नयाँ नयाँ गजूरहरु ठडिए । राजनीतिक संस्कृतिका क्षेत्रमा यो भयङ्कर लज्जाको विषय हो ।

*****

नेपाली भाषामा ‘तिमी र तिनीहरु’ जस्ता सामान्य आदरार्थी सर्वनाम शब्दहरुसँग क्रियापदहरुको जुन स्वाभाविक सङ्गति बन्छ, त्यो सङ्गति ‘तपाईं र हजूर’जस्ता विभेदबोधक सम्बोधनहरुसँग बन्दैन । नेपाली भाषा स्वाभाविक रुपमा समतान्वेषी छ, विभेदबर्धक छैन । यस तथ्यको मनन गरेर नै सन्चार क्षेत्रका मनीषीहरुले सवैलाई ‘तिमी’ सम्बोधन चलाएका हुन् । यसमा शमशेरबहादुर, पन्चवहादुर जस्ता  सामन्तवादी प्रवृत्तिले विरोधगर्न सुहाउला आफूलाई जनवादी भन्न रुचाउने वामबहादुरहरुले त गौरव गर्नु पर्ने हो । हैन र ?

*****

बरु विगतका सामन्त महासामन्तहरु जनताका अगाडि उभिएर बोल्नु पर्दा नरम भएर बोल्थे । देशको माटोलाई माया गर्थे । सांस्कृतिक रुपमा पिछडिएका थिए र पनि मुलुकको साँध सिमाना जोगाउन पहल गर्थे । हामी आज जङ्गे पिलर हराएको र साँधसिमाना मिचिँदै आएको स्थिति देखिभोगिरहेका छौं । पहिलेका जङ्गबहादुरले त मलुकुको साँधसिमानामा पिलर ठड्याएका थिए अहिलेका जङ्गबहादुरहरुले ती पिलरहरुलाई यथास्थान अड्याउनसम्म सकेका छैनन् । राणाहरुले गोरखाभर्ती केन्द्र खोले । त्यसको धुवाँधार विरोध गरेर सत्तामा आएकाहरुले भर्तीकेन्द्र त बन्द गरेनन् गरेनन्, त्यसभन्दा वृहत् र व्यापक रुपमा जनतालाई विदेश निकासी गर्न संस्थागत अभियान नै चलाए । यसबाट जनताले के पाए ? प्रश्न यो पनि छ ।

मातृसंस्था जनतालाई आधारभूत रुपमा परिवर्तनको अनुभूति दिन नसकिएको आजको स्थितिमा सत्तासीनहरु जनसमक्ष साविती बयान दिन सक्दैनन् । जनतासित क्षमायाचना गर्न सक्दैनन् । आफूलाई जनतासँगै हिँडाउने पहल गर्न सक्दैनन् । सत्ताभित्र आर्थिक सदाचार कायम गर्न सक्दैनन् । यी सबै अवस्थाबारे आत्मआलोचनाको संस्कृति समात्न त सकेनन् सकेनन् । अरुको आलोचना सहन पनि सक्दैनन् । गरीबीले  कुहिराका कागको जस्तो अवस्थामा पुग्न वाध्य जनतालाई विकासका बेल पाकेका कथा हालेका भरमा तिनीहरुबाट विशेष सम्मानको दावी गर्नचाहिँ  यी सत्तासीनहरु कसरी सक्छन् ? थाहा पाउन खोज्दा उदेक लाग्छ ।

सत्तासीन महोदयहरु, तपाईंहरु देश र जनतालाई मायाँ दिनुहोस् हामी तपाईंहरुलाई मुरीमुरी मायाँ दिन्छौं । देश र जनतालाई आदर सम्मान दिनुहोस्, हामी तपाईंहरुलाई अझै धेरै आदर सम्मान दिन्छौं  । आजै पनि तपाईं सत्तासीनहरुलाई हामी गरीब जनताले मनग्गे आदर सम्मान नदिएका छैनौं । आफ्नो हैसियत, हबिगतभन्दा बढी नै दिएका छौं । सुविधासम्पन्न भव्य महल, महँगा गाडी, अनगिन्ती अङ्गरक्षक, स्कर्टिङ्, सवारीमा खाली सडक, विलास वैभव, राजसी खानपान, सुखुविधाका विभिन्न साधन सामग्री, विदेशभ्रमण, बिरामी हुँदा मनलाग्दी सरकारी खर्चमा विदेशमा उपचार अवसर आदि इत्यादि सवै दिएकै छौं । तपाईंहरुका दृष्टिमा हामी जनता निरीह फिस्टा नै सही । बरु मनन गर्नुहोस् गरीब फिस्टाहरुले ज्यान दिएर तपाईंहरुको भोज भतेर चलाइदिएका छन् ।

जहाँसम्म भाषाको प्रश्न छ यसका आफ्नै सौन्दर्यशास्त्र, सङ्ंगतिशास्त्र र समाजशास्त्रहरु छन् । सन्चार र साहित्यका क्षेत्रमा ‘तिमी’ समताबोधक लोकतान्त्रिक मर्म बोकेको सम्बोधन हो । नेपाली भाषामा ‘तिमी र तिनीहरु’ जस्ता सामान्य आदरार्थी सर्वनाम शब्दहरुसँग क्रियापदहरुको जुन स्वाभाविक सङ्गति बन्छ, त्यो सङ्गति ‘तपाईं र हजूर’जस्ता विभेदबोधक सम्बोधनहरुसँग बन्दैन । नेपाली भाषा स्वाभाविक रुपमा समतान्वेषी छ, विभेदबर्धक छैन । यस तथ्यको मनन गरेर नै सन्चार क्षेत्रका मनीषीहरुले सवैलाई ‘तिमी’ सम्बोधन चलाएका हुन् । यसमा शमशेरबहादुर, पन्चवहादुर जस्ता  सामन्तवादी प्रवृत्तिले विरोधगर्न सुहाउला आफूलाई जनवादी भन्न रुचाउने वामबहादुरहरुले त गौरव गर्नु पर्ने हो । हैन र ?

(बाँकी भाषिक छलफल आगामी अङ्कमा क्रमशः)

१ कार्तिक २०७६ 

कमेन्ट

  1. Oct. 18, 2019, 3:44 p.m. Prasad uprety
    Yo bhanda ramro gyan bardhak alochana bhanau ya sujhaw arko hundaina.Alikati pani buddhi,gyan ra bibek bhaeko Bhakti le yasta comment harulai manan garne ra afno abhibyakti ma prayog garne ho bhane sabaiko ijjat kamauna sakcha bhanne hamro dhara a cha,Dhanyabad yo Lekh ko writer lai.
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...