शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चिनियाँ राष्ट्रपति सी आउँदा पक्राउ परेकी सुनिता रिहा

शुक्रबार, ०१ कात्तिक २०७६, १९ : ४०
शुक्रबार, ०१ कात्तिक २०७६

काठमाडौं – चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा प्रदर्शन गर्नसक्ने आशंकामा पक्राउ परेकी समाजवादी पार्टीकी नेतृ सुनिता साह रिहा भएकी छन् । असोज २५ गतेदेखि हुने राष्ट्रपति सीको भ्रमण भन्दा एकदिन अघि नेतृ साहलाई पक्राउ परकी साहलाई जिल्ला प्रशासन कार्यालय काठमाण्डौंले ५ हजार धरौटीमा रिहा गरेको छ । 

राजविराज–६, खरसालटोलस्थित निवासबाटै पक्राउ परेकी साहविरुद्ध प्रहरीको कमलपोखरी वृत्तले अभद्र व्यवहारको मुद्दा चलाएको थियो । सोही आधारमा उनलाई पक्राउ गरेको थियो । भदौ २३ गते चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा पनि साहले प्रदर्शन गर्दा उनी पक्राउ परेकी थिइन् ।

उनी पक्राउ परेपछि समाजवादी पार्टीको नाम मुछिएर आएपछि सो पार्टीका सप्तरी जिल्ला अध्यक्ष केदार यादवले असोज २५ गते एक प्रेस विज्ञप्ति जारी गरी साह आफ्नो पार्टीमा नरहेको दावी गरेका थिए ।

गत बैशाख १४ गते भएको तत्कालीन संघीय समाजवादी फोरम नेपालको प्रदेश अधिवेशनमा प्रदेश सदस्यका लागि उम्मेदवारी दिएकी र प्रदेशसभा सदस्यको समानुपातिक सुचिमा समेत नाम रहेकी साहलाई पार्टीको सदस्य नै नभएको भन्दै पार्टीले विज्ञप्ति जारी गरेको थियो । 

उनी रिहा भएपछि सप्तरीका युवा तथा समाजिक कार्यकर्ताले उनलाई भव्य स्वागत गरेका छन् । तर, समाजवादी पार्टीको तर्फबाट कोही गएका थिएनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप