शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जिल्ला प्रशासन कार्यालय र मौलापुर नपाद्धारा अग्नी पीडितलाई सहयोग

शुक्रबार, ०१ कात्तिक २०७६, २१ : ०३
शुक्रबार, ०१ कात्तिक २०७६

रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहट र मौलापुर नगरपालिकाले मौलापुरका अग्नी पीडित चार परिवारलाई नगद तथा जिन्सी सहयोग गरेको छ ।

जिल्ला बिपद व्यवस्थापन समितिका अध्यक्ष तथा सिडिओ किरण करमार थापाले शुक्रवार अग्नी पीडितहरु मौलापुर ६ पथरा बुधरामका साहेब महतो नुनिया,गणेश महतो,नरेश महतो,उमेश महतोलाई जनही १० हजार रुपैया सहयोग गरेका हुन् ।

सोही अवसरमा नेपाल रेडक्रस सोसायटी रौतहट शाखाले पिडितहरुलाई बिभिन्न भाँडा बर्तन,झुुल लगायतका सामग्री दिएका थिए । यसअघि नगरप्रमुख रिना कुमारी साहले आगलागीको भोलीपल्ट नै प्रती परिवार चारै परिवारलाई जनही २५हजार नगद,त्रिपाल,सिनेटरीप्याड उपलब्ध गराएको सहयोगी सुुमन यादवले जानकारी दिएकी छिन ।

उक्त अवसरमा सिडिओ थापाका साथै मौलापुर नगरप्रमुख रिना कुमारी साह, नेपाल प्रहरीका एसपी भुपेन्द्र खत्री,राष्ट्यि अनुसंधानका एसपी अभिनय कुमार शिंह,रेडक्रस प्रतिनिधीको उपस्थिति रहेको थियो ।

गत २७ गते राती लामखुटे धपाउन घुर बाट सल्किएर उक्त चारैजनाको घरमा आगलागी भई ८ लाख बराबरको क्षति भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप