बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानका यी मानिसले पैसा उठाउन आएका इलेक्ट्रिसियनमाथि घरमा पालेको सिंह छाडिदिए

शनिबार, ०२ कात्तिक २०७६, ११ : १४
शनिबार, ०२ कात्तिक २०७६

एजेन्सी । पाकिस्तानमा एक जना व्यक्तिले घरमा आएका इलेक्ट्रिशियनमाथि सिंह छाडिदिएका छन् । इलेक्ट्रिशियन आफूले लिनु पर्ने रकम माग्न ती व्यक्तिको घर गएका थिए । 

एक महिना पहिले भएको यो घटना भर्खरैमात्र बाहिर आएको हो । घटना सार्वजनिक भएपछि प्रहरीले आरोपीलाई गिरफ्तार गरेको छ । 

घटना एक महिना अघि भएको भए पनि आरोपी र पीडितबीच एक सहमतिले गर्दा प्रहरीकहाँ उजुरी पुगेको थिएन । तर जब आरोपीले सहमति अनुरुप घाइते भएका इलेक्ट्रिसियनको उपचार खर्च तिर्ने वाचाबाट पछि हटे घटना प्रहरीकहाँ पुग्यो । 

यो घटना पाकिस्तानको पञ्जाब प्रान्तको शहादरा क्षेत्रमा भएको हो । आरोपी व्यक्ति एक धार्मिकस्थलमा ‘केयरटेकर’को काम गर्छन् । 

खबर अनुसार, आरोपीले पिडित इलेक्ट्रिशियनसँग केही काम गराएका थिए । तर काम सकिएपछि पनि पटक पटक भन्दा पनि उनले पैसा दिइरहेका थिएनन् । 

जब पिडित आफ्नो बाँकी रहकम लिन आरोपीकहाँ पुगे तब दुईबीच झगडा भयो । आरोपीले रिसको झोकमा आफ्नो घरमा पालेको सिंहलाई छाडिदिए । सिंहको आक्रमणमा परेर इलेक्ट्रिसियन घाइते भए । 

यो घटनापछि आरोपीले पिडितलाई प्रहरीकहाँ उजुरी नगरे आफूले जरिवाना तिर्ने वाचा गरेका थिए । तर एक महिनापछि पनि पिडितले पैसा नपाएपछि उनी प्रहरीकहाँ पुगे । 

उजुरीपछि प्रहरीले आरोपीलाई मानिसमाथि सिंह छाडेको र उपचार खर्च नतिरेकोमा पक्राउ ग¥यो । तथापि प्रहरीले आरोपीले सिंह पाल्ने लाइसेन्स लिएको वा नलिएकोबारेमा केही बताएको छैन ।

त्यस्तै घटनापछि सिंहको अवस्थाबारेमा पनि केही जानकारी प्राप्त भएको छैन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप