विद्युत चोरीमा संलग्न ४३ जना पक्राउ
आइतबार, ०३ कात्तिक २०७६, १४ : ०४
बारा । प्रहरीले बारा जिल्लाबाट आइतबार बिहान विद्युत चोरीमा संलग्न ४३ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बारा, सशस्त्र प्रहरी बल तथा नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्रबाट खटिएको प्रहरी, सशस्त्र प्रहरी र कर्मचारीको संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बाराको करैयामाई गाउँपालिकाको हरैया, ठूलो लोटन, सहजैली, मुधवन, तेतरिया, सिसुवा, ठोरीयाही, बोधवन लगायतका गाउँबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।