शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कञ्चनपुरको सीमा क्षेत्रमा संयुक्त गस्ती

आइतबार, ०३ कात्तिक २०७६, १५ : ०६
आइतबार, ०३ कात्तिक २०७६

कञ्चनपुर– सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्नका लागि कञ्चनपुरको दक्षिणी क्षेत्रमा नेपाल–भारतका सुरक्षाकर्मीले दशगजा क्षेत्रमा संयुक्त गस्तीको कार्य शुरु गरेका छन् । तिहारलगायतको चाडपर्वलाई मध्यनजर गरी सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई चुस्त पार्नका लागि संयुक्त गस्तीको कार्य शुरु गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताए ।

‘सीमा क्षेत्रमा हुने अवैध चोरी शिकारी, तस्करी र आपराधिक कार्य नियन्त्रणसँगै सीमास्तम्भको सुरक्षाका लागि संयुक्त गस्तीको कार्य भइरहेको छ’, उनले भने, ‘चाडपर्वका बेला हुने अवैध सामानको तस्करी रोक्न र सीमा क्षेत्रमा आवतजावतको कार्यलाई सहज बनाउनु गस्तीको उद्देश्य रहेको छ ।’

नेपाल–भारतका सुरक्षाकर्मीले संयुक्तरूपमा गस्ती गर्दा एकापसमा सम्बन्ध बलियो हुने र सीमा क्षेत्रमा देखापर्ने चुनौतीको सामना गर्न सहज हुने उनले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप