बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एनएस क्यासपोइन्ट मार्फत सिटी एक्सप्रेसमा रकम पठाउने नरेश थकुल्लालाई टिभी उपहार

आइतबार, ०३ कात्तिक २०७६, १८ : ४९
आइतबार, ०३ कात्तिक २०७६

काठमाडौं– सिटी एक्सप्रेस मनि ट्रान्सफर र एनएस क्यासपोइन्ट/लुलु एक्सचेञ्च मलेशियाको संयुक्त पहलमा स्क्र्याच एण्ड वीन प्रोमोसन अगस्ट १० देखि सुरु भएको थियो । 

यो प्रमोसन केबल एनएस क्यासपोइन्ट मार्फत सिटी एक्सप्रेसमा रकम पठाउने व्यक्तिहरुलाई मात्र लागु हुनेछ जस्मा पैसा पठाए बापत कुपन प्रदान गरिने छ । र सो कुपन मार्फत ग्राहकहरुले ब्याग, वालेट किरिङ्ग, कार्ड होल्डर, मोवाइल, साईकल र टिभी उपहारहरु जित्न सकिन्छ । 

सोही प्रोमोसन मार्फत नरेश थकुल्ला ज्युले ३२’’को टिभी उपहार जित्नु भएको छ । थकुल्लाले एन् एस् क्यास पोइन्टको पोर्ट क्लाङ्ग ब्रान्च मार्फत सिटी एक्सप्रेसमा रकम पठाएका थिए । यस्तै बिभिन्न उपहारहरु जित्नको लागि एनएस क्यास पोइन्टको शाखा मार्फत सिटी एक्सप्रेसमा रकम पठाउन पर्नेछ ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १३ बर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्टहरु बाट ७००० भन्दा बढी नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप